जन आकाश
नेपाल सरकार मातहतमा रहेर काम गरिरहेका अस्थाइ,करार तथा ज्यालादारीका कर्माचारीहरुले आज सिंहदरवारस्थित ।
अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका छन् ।
स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रालय अगाडि नै धर्ना दिन सुरु गरेका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर ज्ञपनपत्र दिने कार्यक्रम रहेको भएतापनि अस्थाइ कर्मचारीहरुको ज्ञपनपत्र वुझाउने कार्यक्रम सफल भएको थिएन ।
त्यसपछि झनै आका्रेसित वनेका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी चको्र नारा समेत लगाएका थिए । अस्थाइ, करार तथा ज्यालादारीमा काम गरिरहेका पिडित सर्धष समितिका उपाध्यक्ष रहेका कुमार राउतले २०वर्ष देखि सेवा प्रदान गर्दै आएका अस्थाइ, करार, ज्यालादारी कर्मचारीहरुको रोजीरोटीको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका हुन ।
हामा्र माग पुरा नभएसम्म प्रत्येक दिन एकघण्टा धर्ना दिदै जाने र नेपालीहरुको माहान पर्व शूभ दिपावली, नेपासम्बद, छठ सकिएपछि सशतm आन्दोलनमा उत्रने चेतावनी दिदै सम्बोधनको क्रममा राउतले जिम्मेवार सरकारले त्यस्तो अवस्था आउन नदिइ हामा्र माग सम्वोनधन हुन्छहोला होला भनि विस्वास समेत व्यातm गरेका हून् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend