जन आकाश
काठमाडौँ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् । नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएकाले अहिले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका छन ।
आज संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघियता विरोधी नभई नेपालमा संघिय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत संघियता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै उनले संघियता ठुला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत उनको भनाई छ ।
साथै उनले नेपालमा संघिय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावि गर्दै उनले नेपालमा संघियता भनेको “खर्चन पर्च, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठुला दलहरुलाई पनि संघियता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार” भने जस्तै गलपासो भएको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend