logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भट्टराइहरुलाइ उधोग खोल्न बाबुरामको आग्रह ।


  • जन आकाश
  • आइतबार, कार्तिक १८ २०७५

 



भट्टराई सेवा समाज केन्द्रिय समितिको आयोजनामा बडादशै शुभदिपाबली छट नेपाल संवत् ११३९लगाएतका महत्वपुर्ण नेपालीहरुको महान चाडपर्वहरुको उपलक्ष्यमा २०७५कार्तिक १७ गते सनिवार होटेल हार्दिक बागबजर काठमाडौमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो।समाजका केन्द्रिय अध्यक्ष डा ः होम प्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई हुनुहुन्थ्यो। पुर्व मन्त्री हिसिला भट्टराई यमी बरिष्ठ अधिबक्ता टिकाराम भट्टराई विभिन्न नेपाल सरकारका पुर्व मुख्य सचिव सह सचीव उप सचीव बिश्वबिद्धालयका पुर्व उप कुलपति पुर्व न्यायाधीश विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहनु हुने भट्टराई बन्धु अतिथि हुनुहुन्थ्यो।विभिन्न क्षेत्रमा रहनुहुने ३००को संख्या भट्टराई बन्धुहरुको व्यापक उपस्थिति थियोे ।कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले हामी वशिष्ठ ऋषि सन्तान हौ फुटेर होईन जुटेर सम्पुर्ण भट्टराई बन्धु एक हुन सुझाव दिनुभयो फरक प्रसंगमा भट्टराईले विभिन्न क्षेत्रमा भट्टराईको महत्त्वपूर्ण स्थान छ तर ठुलो उद्योग पति देखिन अब देखि ठुला उद्योगपतिको नाम सुन्न पाउ भन्दै शुभकामना समेत दिनु भयो समाजका महासचिव टुङ्गनाथ भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियोे भने सचीव रङ्गनाथ भट्टराई ले कार्यक्रम संचालन गर्नुभएको थियो।समाजले केही केन्द्रिय सदस्य समेत मनोनयन गरेको छ मनोनयन हुने केन्द्रिय सदस्यहरु क्रमश शान्तुराम भट्टराई भक्तपुर राम प्रसाद भट्टराई तेह्रथुम परिवर्तन भट्टराई खोटाङ बिष्णु प्रसाद भट्टराई काठमाडौ ईन्दिरा भट्टराई तेह्रथुम राम प्रसाद भट्टराई झापा सारदा भट्टराई खोटाङ देविदाश भट्टराई काठमाडौ बच्चुराम भट्टराई खोटाङ लगाएत १५जना बन्धुहरुलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ मनोनीत केन्द्रिय सदस्यहरुलाई पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिनुभएको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend