जन आकाश
नेपाल हब्स तथा हरबल उत्पादक संघले हिजो शुभकामना तथा चियाँपान कार्यक्रम सम्पन्न गरेको छ । त्रिपुरेश्वर स्थित अर्किड होटलमा नेपालीहरुको माहान पर्व विजयाँ दशमी, शुभदिपावली, छठ, नेपा सम्बदको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रममा वनमन्त्रालयका पदाधिकारीहरु,उधोग बाणिज्य मन्त्रालयका पदाधिकारीहरु, उधोग बाणिज्य संघका पदाधिकारीहरु विभिन्न संघ संस्थाका व्यतिmत्वहरु सम्बन्धितक्षेत्रका सरोकार व्यातिmत्वहरुको उल्लेखिय मात्रामा उपस्थिति रहेको थियो । उपस्थित व्यातिmत्वहरुलाइ ( नेहपा ) का अध्यक्ष गोविन्द घिमिरेले शुभकामना सम्वोधन गरे संगै चिर परिचित अपचित व्यातिm व्यातिmत्वहरुमा शुभकामना आदान प्रदान चलेको थियो ।
उक्त कार्यक्रम निक्कै आकर्षण र ब्यवस्थित गरेको देखिन्थियो कार्यक्रममा उपस्थित सवैलाइ ( नेहपा) को लोगो वितरण गरिएको थियो भने नेपाली मौलिक परम्परा अनुसारको सवैलाइ सयपत्री फूलको गुच्छाद्धारा स्वागत गरिएको थियो । कार्यक्रम राति अवेरसम्म चलेको थियो । कार्यक्रममा वेलुकाको खाना तथा चिसो तातो सवै प्रकारका खानेकुराहरुको रामौ्र व्यवस्था गरिएको थियो ।
गोविन्द घिमिरे नेहपामा अध्यक्ष भएर आएपछि यस्ता धेरै रचनात्मक कामहरु भएको र यस्ता अवसरहरुमा व्यवसायी व्यावसायीहरुविचमा एकता सदभाव र नयाँ योजना समेत वनाउन सजिलो भएको शुभकामना आदान प्रदानमा भाग लिइरहेका नेहपाका सदस्य बिष्णु भण्डारीले प्रतिक्रिया दिए । कार्यक्रममा उपस्थित व्यवसायीहरु शुभकामना आदान प्रदानमा व्यस्त देखिन्थे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend