जन आकाश
नेपालका बामपन्थी आन्दोलनकारी, जातीय पहिचान, समानता र समावेशीकरणका हिमायती, शान्ति स्थापनाकर्मी तथा बहुचर्चित मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको उपचारको व्रmममा हृदयघातबाट आज अपरान्ह काठमाडौंको नर्भिक अस्पतालमा असामयिक निधन भएको छ । उहाको निघनप्रति नेकपा ( मालेले ) शोक बक्तव्य जारी गरेको छ । मालेले शोक बतmव्यमा भनेको छ ।
उहाँको निधनबाट हामी स्तब्ध र शोकाकुल बनेका छौं । उहाँको निधनबाट समानता, पहिचान तथा समावेशीकरणको लोकतान्त्रिक आन्दोलनमा मात्र नभई देशलाई अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा नेकपा (माले) अनवरत संघर्षशील कमरेड पद्मरत्न तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजन, मित्रगण तथा बन्धुवान्धवहरुप्रति हार्दिक समवेदना ब्यक्त गर्दछ । पार्टीका माहासचीव सिपी मैनालीद्धार हस्तक्षर भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend