जन आकाश
निरन्तर एमालेमा क्रियाशील रामवीर मानान्धर काठमाडांै क्षेत्र नं ७ वाट दोसो्र पटक पनि सांसदमा निर्वाचित भएका सांसद हून । तिनै रामवीर मानान्धरले एमाले र माओवादी केन्द« पार्टीगत एकता भएपछि वनेको नेकपामा ९ जना स्थाइ कमिटी सदस्यमध्य बामदेव गौतम सरकार भन्दा वाहिर सदनभन्दा वाहिर हुदा पार्टी पार्टी जस्तो नभएको र पार्टीको घर नमिलेको जस्तो लागेर काठमाडांै ७ मा आफु निर्वाचित भएको क्षेत्रवाट सांसद पद रानिनामा गरी बामदेव गौतमलाइ जिताएर पठाउन त्याग गरेको प्रत्रकार सम्मेलन गरेपछि निक्कै आलोचित बनेका थिय तर मानान्धरले भन्दै आएकाछन त्यो निर्णय उनले पर्टीसंग सल्लाह गरेर नै गरेको पहिला पार्टीका जिम्मेवार सवैले हुन्छ भन,े पछि त्यही विषयलाइ लिएर गैर राजनितीकरण गरियो भन्दै पार्टीसंग गुनासो गदै आएकाछन् । कतिपय पार्टी भित्रकाहरुले नै भारतीय डिजाइन भनेर आरोप समेत लगाइरहदा मानान्धर कतिपनि विचलित नभइ आरोप पुष्टि भए देश छोडदिने तर आरोप लगाउनेहरुले पुष्टि गर्न नसकेको खण्डमा उनिहरु के गर्लान भन्दै निक्कै कडा प्रतिवादमा उत्रिएका छन् । उनै सांसद रामवीरसंग जन आकाश मिडियाले उनको वास्ताविकता र नेकपाको चरित्र बुझ्ने प्र¥यास गरेका छौ ।
अहिले के गर्दै हुनुहुन्छ ?
दशै मनायौ त्यसैगरि तिहार चल्दैछ नेपालीहरुको माहान पर्व भएको हुनाले तिहार मनाउदै छौ ।
यतिखेर तपाइ निकै चर्चामा हुनुहुन्छ नेपालको सवैभन्दा ठूलो पार्टी नेकपाको यतिधेरै उतार चढाव भइराख्नुको कारण के होला ?
म एता भन्दा पनि २०७४ तिर जान्छु जसरी हामीले संविधान निर्माण पछि निर्वाचण सम्पन्न भयो यसलाइ इतिहासको रुपमा लिनुपर्छ । हमो्र पार्टीको घोषणापत्रमा कम्युनिष्टहरुलाइ दुइ तिहाइको सरकार वनाउनुपर्छ र देशलाइ समृद्ध, जनतालाइ सुखी वनाउछौ भनेका थियौं । वहुमतको सरकार वनेको छ । यो अवस्थामा चर्चामा आउनु स्वभाविक हो । तर कुरा के भने जति हामीले दिनहरु विताउनु पर्ने छ । वजेटहरु देखि लिएर, दशैहरु देखि लिएर धेरै कुराहरुमा उतार चढावहरुछन् । समृद्ध नेपाल र सुखि नेपाली वनाउनको लागि आफ्नो घर रामो्र वनाउनुपर्छ । एक वर्ष अगाडी दुवै पार्टी मर्ज भएर एक भयो आजसम्म व्यवस्थित हुन सकेको छैन । त्यसकारण यसलाइ केहीन केही गरेर घरको समस्या मिलाउनुपर्छ । हामा्रे पार्टीलाइ जसरी विस्वास गरेर अत्याधिक मत दिएकाछन् । त्यो जनमतलाइ कदर गदै जनताको हितमा हुनेगरी काम गर्नुपर्छ भन्ने विषयलाइ राख्दा चर्चा भएको हो ।
माके र एमालेको संयुतm घोषणापत्रमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने शव्द थियो । जनताले विस्वास पनि गरे केपी नेतृत्वमा सरकार पनि बन्यो । सरकार वनेको दुइसय दिन वितिसक्यो तर केपी नेतृत्वको सरकारमा समृद्ध नेपाल र सुखी नेपाली वन्ने कुनै छनक देखिदैन त ?
हामो्र सानो देश छ । तर पनि हामी भित्र यति धेरै सो्रत साधन छन् यो सो्रत साधनलाइ रामा्रेसँग पचिालन गर्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली सम्भव छ । धेरै दिन लाग्दैन । जलसा्रेतको अपार धनि छौ । सगरमाथा भएको देश हो । वुद्ध जन्मेको देश । जडीबुटीको कुरा गर्ने हो भने अथाह छ । विश्वका गन्तव्य मुलुकहरुमा नेपाल जानुपर्छ भन्ने छ विश्वका केही प¥र्यटकहरुलाइ मात्र आकर्षण ग¥यौ भने पनि सुखी नेपाली र समृद्ध नेपाल बनाउन सकिन्छ साथै याहाको विविधतालाइ रामा्रेसंग सदुपयोग गर्ने हो भने समृद्ध नेपाल वनाउन धेरै समय लाग्दैन ।
पार्टीको नीति, कार्यक्रम योजनाहरु सवैको रामा्र हुन्छन । नेकपाका पनि राम्रौछन् । तर पार्टीको नीति कार्यक्रम, योजनाभन्दा फरक ढंगवाट पार्टीले वनाएका सरकारहरु चल्छन् नेकपामा पनि त्यस्तै भएको छ भन्छन् जनताहरु अहिले सरकारमा जानेहरु असक्षम भएका हुन । ?
पार्टी नेकपा त भयो तर त्यसका उइङसहरु हातखुट्टा चल्नुपर्ने कुराहरुमा हामी सोचेर गइराखेका छौ । तल स्थानिय तहको कुरा र्गछौ हामीहरु अर्को सिंहदरवारको अधिकार गाउँगाउमा भनेका छौ । त्यस्तै पार्टीको पनि केन्द«, प्रदेश, जिल्ला हुदै स्थायिसम्म समन्वय राम्रो भयो भने काम गर्न सक्छ । अहिले केन्द« वनेको छ । केन्द« पछि पोलिट ब्युरो, स्थाइ कमिटि, सचिवालय वनेको छ । प्रदेशको कुराहरु गर्दा पनि विवादहरु भइराखेका छन् । विवाद नहुने गरी जिल्ला, क्षेत्र, शाखा बनेपछि पार्टी हामीले सोचेभन्दा अज्झ राम्रो गतिमा चल्छ । किनभने हिजो दुवै पार्टीका संगठनहरु समायोजन गर्दा ल्याप्स भइराखेको छ । यिनै कमीकमजोरीहरु हामीले देखिराखेका छौ । तर चाडै पार्टीका नेतृत्वहरुले हामीले गुनासो गर्नु नपर्ने गरी काम गर्छन भन्ने मेरो विश्वास रहेको छ ।
प्रसंङ बदलौ अहिलेको चुरो विषय तपाइ ओलीको नजिक रहेर काम गरिरहनु भएको सांसद एकाएक खेमा चेन्ज गरेर ओलिलाइ नै कमजोर बनाउन लाग्यो भन्ने आरोप छ नि वास्ताविक्ता के हो ?
आरोप लगाउनेहरुले जे पनि लगाउन सक्छन् । तर त्यो आरोपमा सत्यता छैन । म नेकपा एमालेवाट नेकपामा गएको मान्छे हो । म नेकपा नै हो । हाम्रो पार्टीको बहुदलीय जनवादको सिदद्धान्त अनुुसरण गदै हामी गइरहेका छौ । अवको दुइ वर्षपछि यसको छिनोफानो हुन्छ । त्यसवेला कुन खेमालाइ भोट हाल्ने भन्ने होइन मेरो सिंङगो पार्टी बचाइराख्न सिद्धान्तको परिपालना गर्ने छु । खेमा परिवर्तन गरेर कसैलाइ कमजोर वनाउने कुराहरु होइनान् । कमजोर कसरी हुन्छन भन्ने मलाइ लागेको मेरो कृयाकलापमा भर पर्छ । पार्टीको अहिले दुइ तिहाइको हाराहारीमा रहेको सरकार छ । सरकार चलेको ८ महिना भैइसक्यो त्यसले गरेको कृयाकलापले नै कमजोर भएको हो । पार्टी कमजोर भएको होइन । कुनै सरकार आउछ जान्छ । तर जनताले चाहेको जस्तो व्यवहार गर्न सक्यो भने कमजोरसंग जोड्न हुदैन । कुनैले वलियो र कमजोर कुरा ग¥यो भने मत धेरै वलियो हुन सक्छु नि फेरी त्यसकारण मेरो पार्टी हो । पार्टीभित्र रहेका कृयाकलापहरु चै सकरात्मक हुनुपर्छ भन्ने मेरो मान्यता हो । यसरी सकरात्मक वन्यो भने फेरी पनि म भन्छु समृद्ध नेपाल बन्छ सुखी नेपाली बन्छौै ।
विकाश गर्नलाइ पहुच भएको व्याति हुनुपर्छ भन्नु भएको छ । यदि तपाइले भनेकै जस्तो वामदेब काठमाडौ ७ वाट सांसद बने भने प्रचुर विकाश हुन्छ भन्ने आधार के छ ?
अहिले तपाइहरुनै हेर्नुस र मुल्याङकन गर्नुस न ? मन्त्रिहरु भएको जिल्ला र नभएका जिल्लामा वजेट विनियोजन गर्ने देखि लिएर फरक पर्छ । हुनत सवै क्षेत्र देशमा समान ढंगवाट विकाश गर्नुपर्छ त्यसमा दुइमत छैन । तर हाम्रो मानसिकता त्यहीस्तरमा चेतनशील भइनसकेको हुनाले अहिले पनि मलाइ खट्केको विषय के हो भने जसको हातमा डाढु पणियु छ उसले आफ्नो भागमा केही न केही राख्छ । अर्को एउटा सक्षम व्यातिmको अभावमा राष्ट्रमा संसारमा जाहापनि नकरात्मक विचारहरु राख्न सक्छन एउटा व्यातिmको कारणले गर्दा खेरी विकाशको कामहरु पनि फरक पर्छन त्यसमध्य पनि हाम्रो पार्टी नेकपाको शिर्षस्थ ९ जना नेताहरुमध्य उहापनि स्थाइ कमिटी सदस्य हुनुहुन्छ उहाहरुको ९ जनाको परामर्समा नै यसरी जानुपर्छ भन्ने हो । बामदेव कमरेडको मेरो भन्दा पनि मेरो पार्टीको आवाश्यता हो त्यसकारण तपाइले विकाश हुन्छ की हुदैन भन्ने प्रश्नमा काठमाडौ ७ को क्षेत्र त्यति ठुलो एरिया होइन याहा मेरो विचारमा ५०÷६० किलोमिटर वाटो होला यहा विकास गर्र्नै पर्ने कुरा गर्दाखेरी खानेपानी, ढलहरुको विकास गर्दा यहाकै स्रोतलाई व्यवस्थित गर्दा पुग्छ । पहँुच भएको कुरा चाहि मैले किन गरेको भने वादकै कुरा गर्दा सामन्तवादका अवशेषहरु अझैपनिछन् हैनभने देशको १६५ वटा क्षेत्रमा हामीले पाँचकरोड राख्ने भनेका थियौं नि तर ४ करोड मात्रै परेको छ । यि पैसाहरुको सवालमा १ अर्व राखेपनि १६५ अरव जान्थ्यो । १६५ अरव भनेको देश भन्दा बाहिरको कुरा त थिएन सरकारले राष्ट्रलाई हेर्ने दृष्टिकोणमा समानता ल्याउनु पर्छ हाम्रो श्रदय कमरेड बामदेवले विकास गर्छकी गदैन भन्ने भन्दा सिंगो देशलाई हेर्नुपर्छ । तर काठमाडौं ७ को विकास गर्न धेरै बजेट चाहिंदैन मलाई लाग्छ बामदेव कमरेडलाई यहा ल्याउदा विकास हुन्छ भन्ने आधार वनेको छ । पटक पटक उप– प्रधान तथा गृहमन्त्री भैसक्नु भएको क्रान्तिको लामो यात्रा पार गरिसक्नु भएको क्षमतावान नेता हो । मैले बाध्य भएर भन्नुपर्छ यो सत्य कुरा पँहुच नभैकन विकास गर्न गाह्रो छ ।
अलि अनौठो प्रशंगमा जाउँ बामदेवलाई चिँनिया भर्सन तथा देशभक्त भनेर चिनिन्छन् । तिनै बामदेवलाई काठमाडौं ७ मा खाली गर्न खोज्दा कतिपय मिडियाले र नेकपाकै व्यक्तिहरुले रामविर मानन्धरलाई भारतीय डिजाइनमा प्रयोग ग¥यो भन्छन् कस्तो लागि रहेको छ ?
यो जजसले भनेका छन् । तिनिहरुलाई भनेको छु । मैले निभाउन खोजेको बफदारी इतिहाँस हो । जजसले आरोप लगाइराखेका छन् आरोप लगाउनेहरु चाँहि त्यसैगरि त्यतैतिरका पुष्टि हुँदै गैराखेकाछन् । अर्को मैले त्यत्रो डिजाइन गर्न सक्ने क्षमता तपाइहरुले पनि हेरि राख्नु भएको छ । केहि समय पर्खिनु भयो भने मैले नेपाल राष्ट्रको लागि त्याग गरेको कुरा प्रमाणित हुन्छ । मेरो त्याग नेपाल कम्युनिष्टपार्टी बनाउनु हो ।
त्यागको कुरा आयो काठमाडौंबासी गणेशमान सिहंले प्रधानमन्त्री बन्न अवसर आउँदा पनि अरुलाइ अवसर दिएका थिए तपाइले पनि त्यस्तै त्याग गर्नुभएको हो ? अर्को अन्यथा नलागोस जातिय कुरा, नेकपा एमालेबाट राजेन्द्र श्रेष्ठ अशोक राइसँगै पार्टीबाट निकालिए, भर्खरै ३ नं प्रदेशका भौतिक योजना तथा निमार्ण मन्त्री केशव स्थापीतलाइ मन्त्रीबाट हटाइएको छ कता कता यो नेकपा भित्र नेवार जातीहरुलाई निरुत्साहित गरेको जस्तो लाग्दैन ?
हामीले संविधानमा १ सय भन्दा बढी जातजाती, भाषाभाषी भएको देश भनेका छौं तर हाम्रो भुगोल र मानिसले बसोबास गरेको ठाँउ हेर्ने हो भने तपाईले जे कुरा उठाउनु भयो मलाई पनि त्यस्तै सिद्धान्त किताबमा लेखेरमात्र हुदैन यो व्यवहारमा उतार्नु पर्छ । त्यो व्यवहार कस्ले गर्छन् त हामी जस्ता कम्युनिष्ट विचार बोकेका नेता कार्यकर्ताहरुले गर्नुपर्ने हो । त्यसलाई छोड्नलाई या समात्नलाई तपाइले भने जस्तै अमुक एक जनालाइ मात्र लिएर हुदैन यसलाई सिद्धान्त, विचारसँग जोडेको खण्डमा तपाइहामीले सोचेको एक सय भन्दा बढी जातजातीे, भाषाभाषी, धर्मको देश हुन्छ । तर एउटा कुरा चाँहि ख्याल गर्नुहोला हामी नेपालीहरु कहिल्यै जात र धर्मको लागि लडाइ गरेका छैनौं यो राम्रो पक्ष हो । अरु देशहरुमा त्यस्ता झगडाहरु देखेका छौं । त्यसैले हाम्रो देशमा जात र धर्मको नाममा लड्दैनौं ।
माथी पनि भने सामन्तबादको अवशेसहरु हाम्रो पार्टी लगायत अन्य पार्टीहरुमा पनि अझै बाँकी छन् । त्यसकारण तपाईले भन्नु भए जस्तै देखिने खालको त हैन नदेखिने गरि भित्र भित्रै यस्ताहरु चाँहि चल्छन् की भन्ने आशंकाहरु हामीले गर्नुपर्ने देखिन्छ । यि सबै कुराहरु छोडेर जाने हो भने विकास नै हो । जुन जुन देशहरुमा विकास भएको छ । ति देशहरुमा धर्म, जातको कुरा आउदैनन् । विवादहरु आउदैनन् उदाहरणका लागि चाइनाले विकासको गतिलाई समातेको छ । विकासमा अगाडी बढीरहेका छन् त्याँहा पनि पहिला जात र धर्मका विवादहरु थिए । अहिले विकासका कुरा गर्न लागेका छन् विकास भएपछि मानिसलाई विवाद गर्ने फुर्सद नहुदो रहेछ ।
तपाइले विकाशको चाहाना भएको भाव व्यातm गर्नुभयो आपैmले सुन्दर देश, शान्त वातावरण र सुखी नेपाली बनाउन कुनै योजना बनाउनु भएको छ ?
मैले सबै भन्दा पहिलो घर बनाएको छु । मेरो पार्टी घर पनि हो सबै नेपाली सुखी नेपाली हुन प्रत्येक घरका परिवार समृद्ध र सुखी हुनु पहिलो सुरुवात हो । उनीहरुको दिमाग जहिले पनि फ्रेस हुनु प¥यो, तनाव हुनुभएन । माइगे्रशन, डिप्रेशनमा जानुभएन । यो कुरा किनभनेको हो भने देश र जनता सम्झनु पर्छ त्यसो भयो भने सबै तनाब हटिहाल्छ कुनै हालतमा पनि तनाव हुदैन । देश र जनताको पक्षमा काम गर्दा अहिले हाम्रो पार्टीमा ६० वर्ष कटेका ६० भन्दा बढी सचिवालयमा हुनुहुन्छ । मैले उँहाहरुलाई के भनेको हो भने निर्वाचनमा जाँदा जनतालाई दुई तिहाईको सरकार बनाउँछौं, नेपालको ठूलो कम्युनिष्ट पार्टी बनाउँछौ. भनेका थियौं । त्यो बनाई सक्यौं । देश विकास बाहेक विकल्प के छ र अब । यहिबाट घर बनाउनु पर्छ घर भनेको हाम्रो पार्टी हो । यहि पार्टीको प्रणाली त्यो प्रणालीमा सबै एक ठाउँमा उभिने वातावरण बनाई दियो भने हाम्रो विकास हुन्छ ।
मैले फेरी दोहो¥याए सुन्दर नेपाल र सुखी नेपाली बनाउन सक्ने सक्षम नेतृत्व नेकपामा पुरानै साठी कटेका वा अन्य कोही देख्नु भएको छ ?
यो गणतन्त्रको परिवर्तन, संघियता–संविधान दुई तिहाइको बहुमत हामी सबै मिलेर यँहा ल्याई पु¥याएका हौं । अन्त कतै खोजेर भेटिने हैन । याहि भित्रैबाट सम्भव छ । विशेष गरेर हाम्रै पार्टीको ९ जना भित्रबाट म संकेत गर्दछु । सबै मिल्ने एउटा घर बनाउनु पर्छ पहिला परिवार मिल्नु प¥यो ।
त्यो ९ जना मध्य को हो त ?
महाधिवेशन आउन दिनुस महाधिवेशनमा यो कुरा प्रष्ट भन्न सक्छु किनभने पार्टीका अध्यक्ष प्रधानमन्त्री बन्नु हुदैन । प्रधानमन्त्री पार्टी अध्यक्ष बन्नु हुन्न ।
एउटा जंगलमा दुईवटा सेर हुदैनन भन्न खोज्नुभएको हो ?
हो यो दुई वटा सेर भएका कारण पनि बाँडफाँडको कुरा नमिलेको हुन सक्छ । महाधिवेशन पछि सक्षम नेतृत्व आउँछ । त्यसैले पुरै देशको जिम्मेवारी लिएर अगाडी बढ्छ ।
अन्तमा………………….
तिहारको उपलक्ष्यमा सबै नेपाली दाजुभाईहरुलाई शुभकामना छ । अर्को देश सकारात्मक ढंगबाट नै अगाडी बढ्नु पर्छ । सबै नेपालीहरु हातेमालो गरेर देश बनाउनु पर्छ । जसरी हामीले कम्यूनिष्ट पार्टीलाई दुई तिहाइ बहुमत दिएर पठाएका छौं । यो जनताको जनमतलाई सदुपयोग गर्न समर्थन दिएका हुन । देश बनाउन सबै लाग्नुपर्छ देश समृद्ध बन्यो भने सुखी भइन्छ । त्यँहा कुन पार्टीले कति भाग पाईन्छ भन्ने होइन । सबै नेपालीले समान सेवा पाउँछन् र देश समृद्ध भयो भने विकसित राष्ट्रमा गनिन्छौं विकास नभएका राष्ट्रहरु त कयौं छन् खोज्नुपर्ने अवस्थमा । हाम्रो देश विकास गर्न ८३ हजार मेघावाट विद्युत उत्पादन गरे के होला । सगरमाथा देखाउन लाखौं लाख पर्यटकहरु आए के होला । बुद्ध जन्मेको देश यि सबैको विचमा हाम्रे देश छ । हामीसँग प्रयाप्त आधारभूत आवश्यकताका वस्तुहरु छन् । त्यसलाई प्रयोग गर्ने तरिका ढाँचाहरु मत्र पार्टीले गर्छ । पार्टीले गर्ने भनेको तपाई हामीले नै हो है फेरी । हामी जँहा बाँचीरहेका छौं त्यो नै हाम्रो देश हो । हाम्रो देश बचाउन, देश बचाउन मात्र पनि होइन । समृद्धशाली बनाउन, शक्तिशाली बनाउन सबै नेपालीहरुले सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्छ । मलाइ मेरा विचारहरुसवै नागरिकहरुमा पु¥याउन अवसर दिनुभएकोमा जन आकाश मिडिया टिमलाइ धन्यवाद ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend