logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित


  • जन आकाश
  • आइतबार, मंसिर २ २०७५

 



काठमाण्डौं, ।
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट मंसिर १ गते सम्मान गरिएको हो ।

सातौं कर दिवसको अवसरमा शनिवार काठमाडौ राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो ।

उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि प्रतिक्रिया दिदै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्कृष्ट मात्र नभएर राज्यलाई बढी कर तिर्न नोबेल सफल भएकोमा गर्ब लागेको बताए ।

२०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको छ ।वेला वेलामा विवादित भइराख्ने यस मेडिकललाइ पछिल्लो समय सुनिल शर्र्माको नेतृत्वमा राम्रो व्वबस्थापन गरेर देशकै उत्कृष्ट कर तिर्न सक्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend