logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेवि संघको म्याद दुई महिना थप पौडेल समुहले ग¥यो विरोध ।


  • जन आकाश
  • सोमबार, मंसिर ३ २०७५

 



२ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसले नेवि संघ कार्यसमितिको म्याद दुई महिना थपेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेवि संघको विधान संशोधन गरेको हो ।

विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर ५ महिना बनाइएको छ ।

अब नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ २ सम्म हुनेछ । तर, कार्यसमितिका अधिकांश नेताहरु यो दुई महिनामा अधिवेशन गर्न नसक्ने निष्कर्षमा छन् ।
पौडेल समूहको विरोध

दुई महिना म्याद थप्ने निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुनरसिंह केसी लगायतले विरोध गरेका छन् ।

वर्तमान कार्यसमितिले नै दुई महिनामा अधिवेशन गर्न नसक्ने बताइसकेकाले म्याद थप्नुको औचित्य नहुने उनीहरुले बताएका थिए । तर, बहुमतका आधारमा निर्णय भएको छ ।

बैठकमा नेता गगन थापाले भने ६ महिना म्याद थप्ने प्रस्ताव गरेका थिए । तर, प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पालामा एक महिनामै महाधिवेशन गरेको स्मरण गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend