logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कार्की सम्मानित


  • जन आकाश
  • मंगलबार, मंसिर ४ २०७५

स्वदेशी लगानीमा बनिरहेको सवैभन्दा ठुलो जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका जनसरोकार समितिको संयोजक÷अध्यक्ष तथा सुतार कार्की सेवा समितिका अध्यक्ष दिव्यध्वज कार्कीलाई नेपाल टाइगर्स साप्ताहिकले सम्मान गरेको छ ।
गएको शनिबार प्रज्ञा प्रतिष्ठानमा पूर्व प्रधानन्यायाधीश तथा नेपाल मन्त्रीपरिष्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा र पूर्वराजदूत निराजन सिंह
बस्नेतको विशेष अतिथिमा नेपाल टाइगर्स साप्ताहिकले आफ्नो २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सुतार कार्की सेवा समितिका अध्यक्ष समेत रहनु भएका कार्कीलाई राष्ट्र सेवा तथा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र विभिन्न संघसंस्थामा रहेर समाज र राष्ट्रलाई योगदान पु¥याएकोमा सम्मान गरेको हो । त्यसैगरी नेपाल टाइगर्स साप्ताहिकले विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend