logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शितलहरबाट कोही पनि नमरुन्


  • जन आकाश
  • मंगलबार, मंसिर ४ २०७५

प्रत्येक वर्ष देशमा चिसो बढेसँगै नेपालको तराइ क्षेत्रमा शितलहरले मानिसहरुको मृत्यु हुने गरेको छ । यस वर्ष पनि त्यस्तै मृत्यु नहोस् भनेर सरकारले शितलहर लाग्नु अगावै योजनाहरु बनाएर काम गर्नु पर्छ ताकी विगतका बर्षजस्तै शितलहरले कोही पनि नमरुन् ।
नेपालका तराई क्षेत्रमा विशेष गरेर बृद्धबृद्धा र साना केटाकेटीहरु शितलहरुबाट बढी जोखिममा पर्ने गरेका छन् । जहिले पनि घटना घटिसकेपछि त्यसको बारेमा अनुसन्धान र समाधान खोज्ने गरिन्छ । ती विगतका काम गर्ने शैलीलाई हटाएर अहिलेको परिस्थिति र समयसँगसँगै शितलहर लगायत कामहरुलाई समस्या उत्पन्न हुनुभन्दा अगाडि नै समस्या नआउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ । त्यसैले सम्बन्धित निकायले समयमा नै तराइमा शितलहरुबाट हुन सक्ने जोखिमलाई रोक्न सबै खालका उपायहरु अपनाउनु पर्छ जसले गर्दा तराइमा नेपाली नागरिकहरुले आफ्नो सरकारले अभिभावकको जिम्मेवारी पूरा गरेको छ भन्ने आभाष होस् ।
त्यतिमात्र होइन चिसो मौसममा हिमाली क्षेत्रहरुमा समेत हिमपात हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरु प्रभावित हुन्छन् र विशेष गरेर पौष र माघ महिनामा हिमाली क्षेत्रबाट चिसो छल्न मानिसहरु तल पहाडी क्षेत्रमा झर्छन् त्यस्ता ठाउँहरुमा हिमाली क्षेत्रका बासिन्दाका लागि पनि सरकारले हिमाली संरक्षण जोनहरु निर्माण गरेर आफ्नो अभिभावकत्व पूरा गर्नुपर्छ जसले गर्दा मानवीय हितमा नेपाली नागरिकहरुको लागि हिमालमा होस् वा तराइमा, पहाडमा होस् वा समथरमा पूर्वमा होस् वा पश्चिममा सबै नेपालीको सरकार, जिम्मेवार राज्य नेपालमा छ भन्ने उदाहरण देखाउनुपर्छ । कुनै पनि नागरिक अकालमा अभावको कारण मृत्यु हुनु हुँदैन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend