जन आकाश
५ मंसिर, हेटौंडा । प्रदेश ३ को राजधानीका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ ।
स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेशसभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । आगामी प्रदेशसभा बैठकमा स्थायी सवै जिल्लालाइ पाएक पर्ने गरी काभे्रको धुलिखेल उपयुतm भएको प्रदेशसभाका सांसदहरुले वहुमत वनाएपछि मकाजपुरका सांसदले मात्र मकानपुरमै हुनुपर्छ भनेपछि मकानपुरका सांसदको पक्ष लिएर प्रदेश प्रमुख डोरमणि पौडेलले वैठक स्थगित गराएका थिए ।
प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो । त्यसमध्य काभ्रे जिल्लामा बनाउनु पर्छ भन्ने बढी बहुमत थियो बहुमत पुग्दापुग्दै पनि बैठक स्थगित गराएर प्रदेश प्रमुखले ३ न.ं प्रदेका जनतालाइ दुखः दिने नियत रहेको ३ नं प्रदेशका सांसदहरुले आक्रोश पोखेकाछन् ।
स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । प्रदेशसभामा एकल बहुमत रहेको नेकपाभित्रै प्रदेश राजधानीको विषयमा विवाद भएकाले राजधानीको टुंगो लगाउने जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष पुगिसकेको छ ।यतिका विवाद भइसक्दा र ३ नं प्रदेका जनताले चाहेको ठाउमा राजधानी सार्न प्रदेश प्रमुख डोरमणि बाधक भएकै कारण प्रदेशको टुङगो लाग्न सकेको छैन ।
अस्थाइ राजधानी हेटौडामा राखेको विषयलाइ लिएर विषेश गरेर रामेछाप, रसुवा, नुुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, भतmप्र, काठमाडौ लगायतले विरोध गरिसकेका छन् ।
नेकपा (माले) को चेतावनी
नेकपा (माले) रामेछापले त स्थाइ राजधानी ३ नं प्रदेशका जनताहरुलाइ पाएक पर्ने ठाउमा व्यवस्थित नगरेमा सशतm आन्दोलन गर्ने जनाइ सकेको छ । त्यसैगरी अन्य राजनीतिक दलहरुले समेत नेकपा मालेले उठाएको ३ नं प्रदेशको राजधानी सवैलाइ पाएक पर्ने ठाउमा हुनुपर्छ भन्ने विषयमा एक्यबद्धता जनाइ सकेका छन् । त्यसैले ३ नं प्रदेशको राजधानी व्यातिm विषेशलाइ पाएक पर्र्ने ठाउमा नभएर सवैलाइ केन्द्र हुनेगरी बनाउनु उचित देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend