logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डाडु पण्यु प्रदेशको हातमा छैन ।


  • जन आकाश
  • बिहिबार, मंसिर ६ २०७५

काठमाडौँ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघियता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । विहिबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघियता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानिय सरकार विच अधिकारको विवाद सल्काएर संघियतालाई बदनाम बनाउँदै संघियतानै असफल बनाउने दाउमा लागेको बताए ।
कम्यूनिष्ट पार्टीलाई दुईतिहाई वहुमत दिएर जनताले अग्नी परिक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउँने बताए । संघियता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनुपर्नेे बताए । केन्द्र सरकारले प्रशासनिक र विक्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमैे प्रधानमन्त्री र मुख्यमन्त्रीहरु विच हुनलागेको समन्वय परिषद बैठकमा यसबारेमा आफुहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिए ।
एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।
तर यहि विषयमा कर्मचारीको मत भने फरक छ । कर्मचारी संयोजनको नाममा जथाभवी गरेर कतिपयलाइ काम विहिन वनाएर राखेको, स्वएच्छिक अवकाश दिन पनि यो सरकारले नदिएको र कार्यलय नै नभएको ठाउमा कसरी कम गर्ने ? यसरी कर्मचारीहरुलाइ दुखः दिइरहेको समयमा कर्मचारी विरुद्ध कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको यस्तो अभिव्यातिm प्रति आज नै विभिन्न कर्मचारीहरुले खेद व्यातm गरेका छन् । उनिहरुले भनेका छन यस्तै अवस्था रहयो भने सवै कर्मचारी संगठनले कणालीका प्रदेशमा आगो वाल्ने हाम्रो स्रोतलाइ वताएका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend