logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विप्लवले ८ गते खुल्ला मञ्चवाट आट गर्लान् त ?


  • जन आकाश
  • बिहिबार, मंसिर ६ २०७५

 



नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले ८ गते खुल्लामञ्चमा जनसभा गर्ने घोषण गरिसकेको छ । यतिवेला नेपालका राजनीतिक पार्टीका नेताहरुमा समेत विप्लव समुहका वारेमा निक्कै चर्चा हुन थालिसकेको छ । तर नेपालका जनताहरु नेपालमा हुदै आएका विभिन्न खालका आन्दोलन, क्रान्त्रिका नाममा धेरै पटक धोका भइसकेको हुनाले विप्लव समुहलाइ पनि जनताले पत्याइ हाल्ने अवस्था छैन । तर केही राजनीतिक विषलेशकहरु भने विप्लवले नेपाली जनताहरुमा र समाजमा परिवर्तनका लागि बाकीरहेका कार्यभारहरु समाल्नको लागि कसैसंग सम्झौता नगरी परिवर्तनको आट गरेमा जनताले साथ दिने सक्छन् भन्ने एकथरीको भनाइ रहेको छ । त्यो नेपाल कम्यिुनिष्ट पार्टी विप्लब समुहको काम गराइमा भर पर्छ भन्ने अर्का थरीको जमात पनि देखिन्छ । यसरी विभिन्न तर्कहरुको बिचमा खुल्लामञ्चमा हुन लागेको विप्लव समुहको जनसभामा नेपालीहरुको हित र नेपाल देशको लागि मात्र स्वार्थ राखेर काम गर्न सक्लान् त विप्लवलााइ धेरैको प्रश्न छ ?
त्यो त ८ गतेको जनसभाले नै निर्घारण गर्ला यो भन्दा अगाडी पनि विप्लवले खुल्लामञ्चमा खुल्ला जनसभा गरिसकेको थियो । त्यो सभापछि अराजक गतिविधि र चन्दा संकलन साथै आफ्नै पार्टी भित्र विवाद वाहेक अन्य उल्लेखनिय कामहरु देखिइएका छैनान् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend