जन आकाश
नेपाल–भारत एक अर्काको छिमेकी राष्ट्र हुन् । त्यसैगरी चीन पनि नेपालको छिमेकी राष्ट्र हो । एकजना विद्वानको भनाईलाई आधार मान्ने हो भने मित्र बदल्न सकिन्छ । तर छिमेकी बदल्न सकिँदैन ।, तर नेपालको त छिमेकी राष्ट्र भारतबाट व्यहोर्नु परेको हेपाहा, अपमान, दमन, सिमा अतिक्रमण, व्यापारिक समस्या झन्झट जस्ता समस्यामात्र भारतीय पक्षले थोपर्दै आएको छ । त्यो व्यवहारबाट नेपालीहरुले भारतलाई हेर्ने दृष्टिकोण पनि कटुतापूर्ण बन्दै गएको छ ।
नेपालमा जति पनि परिवर्तन र क्रान्ति जतिले आन्दोलन गरेका छन् ती सबै भारतीय उक्साहटमा गरेको देखिन्छ र नेपाललाई सधैं अस्थिरता उत्पन्न गराएर भारतीय पक्षले जे भन्यो त्यही मान्ने समूहहरुलाई सहयोग गरेर नेपाललाई कमजोर बनाउने भारतको नियत प्रष्ट देखिँदै आएको छ । २००७ को प्रजातन्त्रको स्थापनासँगै २०११ सालमा कोशी सम्झौता र २०१६ सालमा गण्डक सम्झौता गर्न नेपाललाई बाध्य पारेर नेपालीको पानीको अधिकार भारतले हैकम चलाएको छ । त्यसमा प्रजातन्त्रका हिमायती भनिएकाहरु पात्रको रुपमा प्रयोग भएका थिए र छन् । त्यस्तै पटक पटकको आन्दोलन, क्रान्ति गर्न भारतले नै नेपालका अर्धज्ञान भएकाहरुलाई उतै बोलाएर खाना, खाजा ख्वाएर, हतियार दिएर नेपालीलाई प्रयोग गरेर नेपालीलाई नै मराउने खेलहरु खेल्दै आएको विगतको माओवादी १० वर्षे जनयुद्धलाई पनि लिन सकिन्छ । त्यस्तै फेरि पुनः अर्को अस्थिरता उत्पन्न गराउन धार्मिक, सांस्कृतिक, जातीय, भाषिक समस्याहरु उचाल्नका लागि केही संकेतहरु दिँदैछ ।
भारतीयलाई नेपालीहरुले घृणा गर्ने वातावरण बन्दै गएको छ । नेपालमा महाभूकम्पबाट धेरै जनधनको क्षति भयो भारतले नेपालको रक्षा मन्त्रालय वा परराष्ट्रको अनुमति विनै सैनिक विमानहरु नेपालमा भित्र्यो र पछि पुनः त्यस्तै हर्कतहरु गरिराख्यो । भूकम्पबाट आहात भइरहेका नेपालीहरुलाई ६ महिनासम्म नाकाबन्दी गरेर मानवता माथिको अपराध ग¥यो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई भारतले सहयोग गरेको जस्तो गरेर उल्टै सिक्किमलाई जस्तै नेपालको राष्ट्रिय स्वतन्त्रता हडप्न सकिन्छ भन्ने नियत राखेर जहिले पनि नेपालको सीमा क्षेत्रहरुमा एसएसवी फौजको नाजायज हर्कतहरु बढाइराख्यो र नेपाली सीमावर्ती क्षेत्रमा समेत प्रवेश गरेर हत्या, बलात्कार, लुटपाटजस्ता कार्य गरी नेपालीहरुलाई दुःख दिँदै आएको छ । भारतले नेपालाई २०७२ को महाभूकम्पको बेला अनुदान सहयोग र ऋण दिने अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलनमा नै बोलेको थियो तर अहिलेसम्म ति कुनै पनि अनुदान र ऋणको सहयोग रकम उपलब्ध नगराई बसेको छ । नेपालमा पाइने २०० भन्दा बढी जडिबुटीहरु मध्य भारतले २७ वटामात्र उसको अनुसूचीमा राखेर अन्य जडिबुटी डुब्लिकेट भारतमा नै बनाएर नेपालको लेवल राखेर बेच्ने गरेको छ । यस्ता कारणहरुले नेपालीहरुको भारतप्रति घृणा बढ्दै गएको हो ।
नेपालमा नेपालीहरु भारत विरोधी भइरहँदा नेपालका परिवर्तनबाट आएका भनिएकाहरुनै भारतका गोटी भएका छन् । त्यसकारण नेपालीहरुको बलबुताबाट वास्तविक नेतृत्व नेपालमा स्थापना हुँदैन त्यतिबेलासम्म नेपालको विकास आकाशको फल आँखातरी मर भनेजस्तो हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend