logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दोरम्बा गाउँपालिकाको विकास निर्माणमा तिब्रता


  • जन आकाश
  • मंगलबार, मंसिर ११ २०७५

धनलाल थापामगर
रामेछाप । दोरम्बा गाउँपालिका स्थानीय सरकारले दोरम्बा गाउँपालिका अन्तर्गतका सडकहरुको स्तर उन्नति र सडक नपुगेका ठाउँहरुमा वडाबाट गाउँपालिका जोड्न उपभोक्ता समिति चयन गरिसकेको दोरम्बा गाउँपालिकाबाट जानकारी प्राप्त भएको छ ।
दोरम्बा गाउँपालिकाले गएको वर्ष पनि सडक विस्तार र निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको थियो । यस वर्ष पनि सडकको स्तर उन्नति र विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताए भने अन्य विकास निर्माणका कामहरु जस्तै गाउँपालिकाको भवन निर्माणको लागि ठेक्का भइसकेको, कृषि सम्बन्धी तालिमहरु, लैंगिक हिंसाको अन्त्य, खानेपानी, विजुलीलगायतको उपलब्धको लागि पोलहरु नपुगेका ठाउँहरुमा विजुलीका पोलहरु निर्माण, सिँचाइको लागि कुलो सम्भव नभएका ठाउँहरुमा पाइपको व्यवस्था गरेर काम गरिरहेको अध्यक्षले बताएका छन् भने रामेछापको विकट भनेर चिनिने गौश्वरा वडा नं. ४ मा आलु पकेट क्षेत्र घोषणा गरिने र विद्यालयहरुको गुणस्तर सुधार गरेर उच्च शिक्षाको बृद्धिदर बढाउन लागिपरेको पनि अध्यक्षले जन आकाश मिडियालाई बताए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend