जन आकाश
एसिया प्यासेफिक समिट गएको १३ गतेदेखि काठमाडौंमा निक्कै उत्साहका साथ शुरु भई १६ गते समापन गरेर विभिन्न देशबाट आएका पदाधिकारी आआफ्नो देश फर्किसकेका छन् । तर काठमाडौंका जनताहरुको मनभित्र बलेको आगोको ताप भने मत्थर भएको छैन । नेपाली जनताले चुनेर पठाएका जनपतिनिधिहरु एउटा धार्मिक मिशेनरीले आयोजना गरेको कार्यक्रमहरु एउटा धार्मिक मिशनरीले आयोजना गरेको कार्यक्रममा सरकारकै लगानीमा र नेपाली जनताहरुको राय नै नबुझी र जनचाहना भन्दा बाहिर गएर विदेशी संस्कृतिको उजागर र संरक्षकत्व देखिने गरी सरकारी पक्ष सहभागी भएकोमा नेपालीहरुको मन कुडिएन मात्र आक्रोश पनि थपियो सँगसँगै त्यो अवसरमा जनजीवनलाई समेत प्रभावित गर्ने गरी सवारी साधनमा जोर–विजोर प्रणाली लागु गरेर सर्वसाधारण यात्रुलाई दिनुसम्म दुःख दिएर गर्न नहुने काम सरकारले ग¥यो । यसखालको कृयाकलापबाट जनता रिसाएनन मात्रै झण्डै झण्डै शहरी विद्रोहको राँको बाल्न तयार भइसकेका थिए । भलै ढिलो गरी शुक्रबार १२ बजेबाट जोर–विजोर प्रणाली सरकारले हटायो तैतै जनताको आक्रोशको ज्वाला फुट्न पाएन ।
त्यो मात्र भएन सवारी आगमनमा जनताततै सवारी रोकेर घण्टौसम्म सडक खाली गरिँदा विरामी बोकेका एम्बुलेन्स, खानेपानी आपूर्तिमा समेत समस्या उत्पन्न गराएर सरकारले सर्वसाधारण नेपालीहरुमाथि आक्रोशको ज्वाला झनै तिब बनाउने काम ग¥यो । त्यसको तुष आज चोकचोकमा, गल्लीगल्लीमा सरकारको व्यापक आलोचना भइरहेको छ । हुन त नेपालमा हुने अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुले नेपालको पर्यटन विकासमा फाइदा र नेपालको प्रतिष्ठामा थप सहयोग पुग्छ । तर एसिया प्यासिफिक समिट अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय भिषेक नभएर क्रिश्चियानिटी समुदायको आयोजनामा गरिएको त्यसको सह आयोजक नेपाल सरकार भएको तर त्यसमा कम्बोडियाका विवादित राष्ट्रपति र म्यानमारको स्टेट काउन्सिलर आङसाङ सुकी जो उनी पनि म्यानमारमा विवादित व्यक्ति भएको विभिन्न सञ्चारमाध्यममा आइरहेको बेला यस्तै विवादित र त्रिश्चियानीटि समुदायको आयोजनामा भएको कार्यक्रमलाई नेपाल राष्ट्रको तर्फबाट राष्ट्रियस्तरबाटै समर्थन गर्नु नेपाली जनताले त्यति निको मानेनन त्यसै कारण पनि सडकहरुमा जनता आक्रोशित बनेका देखिन्थे ।
नेपालीहरुमा चेतनाको स्तर माथि उठिसकेको छ । अन्तर्राष्ट्रियस्तरमा राष्ट्र–राष्ट्रका भेला सम्मेलनहरु भएका बेला नेपालीले कहिल्यै विरोध गर्दैनन । आफ्नो देशमा हुन लागेको नेपालको प्रतिष्ठा बढ्ने कार्यक्रम भएको भए शायद काठमाडौं नै पुरै बन्द गरेर पनि जनताहरु खुसी भएर हिँडेरै अफिसमा पुग्छन । त्यस्तो विगतमा देखिएको पनि छ । सार्क सम्मेलन हुँदा होस वा अन्य राष्ट्र–राष्ट्रका राष्ट्रिय भिषेक कार्यक्रमलाई सफल बनाउन सबै नेपालीले सरकारलाई सहयोग गर्दै आएका छन । तर यो एसिया प्यासेफिक समिट जुन क्रिश्चियानिटी समुदायको पारिवारिक सम्मेलनलाई नेपाल राष्ट्रले राष्ट्रिय मान्यता दिनुले नेपालीहरु अत्यन्तै रुष्ट बनेका हुन । एसिया प्यासेफिकको कार्यक्रम समापन भइसकेको भएपनि नेपालीहरुमा भने सरकारप्रतिको आक्रोश मत्थर भइसकेको छैन । त्यो आक्रोशबाट तातेको जनमतले यो वर्तमान सरकारलाई समेत अप्ठ्यारो स्थितिमा पु¥याउन बेर नलगाउला त्यसकारण समयमा नै सरकारले यस एसिया प्यासेफिक समिटको बारेमा छिटै आफ्नो स्पष्ट धारणा जनता समक्ष समिक्षा गर्नु उचित होला । प्रधानमन्त्रीलाई दिएको अवार्ड प्रति जनता खुसी नभएको हुनाले त्यो अवार्ड जनतालाई दुखी बनाएर यो अवार्ड म लिन्न फिर्ता गर्छु भनेर फिर्ता गर्ने आँट प्रधानमन्त्रीले गर्न सक्नु नै बुद्धिमानी हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend