जन आकाश
मेलम्ची ग्यालथुमबाट सुन्दरीजल सुरुङ ब्रेक थ्रु भएको झण्डै एक वर्ष हुन लागिसक्यो ।
सिंहदरबारमा ढलको पानी प्रशोधन गर्ने विषयमा बैठक बस्छ । तर शुद्ध पिउने पानी मेलम्चीको बारेमा छलफल हुन छाडेको छ ।
मेलम्ची खानेपानी आयोजना ढिला हुनुमा कमिशनको खेल भएको विज्ञहरुको भनाई ।
यस वर्षको सुख्खा मौसममा पनि उपत्यकावासीहरुले खानेपानी अभावमा नै गुर्जानु पर्ने ।
भाषणमा मेलम्ची १५ दिनमा काठमाडौं आइपुग्छ । तर व्यवहारमा कहिले हो कहिले ।
मेलम्ची खानेपानी आयोजनाबाट प्रशस्त पानी काठमाडौंमा ल्याएर मस्त तिर्ख लागेको बेलामा आनन्दसँग कलकल पानी पिउने उपत्यकावासीहरुको सपना सपना मै सीमित भएको छ । सिन्धुपाल्चोकको ग्यालथुमबाट सुन्दरीजलसम्म झण्डै २७ किलोमिटर सुरुङ्ग ब्रेक थु्र भएको १ वर्ष भइसकेको छ । जुन आयोजनाले कठिन काम सुरुङ निर्माणलाई मानेको थियो । तर आज सुरुङ ब्रेक थु्र भएको १ वर्ष वितिसक्दा पनि काठमाडौं उपत्यकावासीहरुले मेलम्चीको पानी पिउन त परै जाओस देख्न समेत पाएका छैनन् । अर्को सुरुङ निर्माणको काम सम्पन्न भएको भएपनि त्यहाँको वस्तुस्थिति तथ्य बुझन जाने सञ्चारकर्मीहरुलाई सुरुङ प्रवेश गर्न दिइँदैन । यसबाट पनि मेलम्ची खानेपानी आयोजनाले १५ दिनमा काठमाडौंमा पानी वितरण गर्ने सम्भावना देखिँदैन वरु मेलम्ची खानेपानी ढिलासुस्ती गर्ने रहस्यमय भित्री कमिशनका चक्करहरु घुमिरहेको अनुमान गर्न सकिन्छ ।
त्यो त सिंहदरबारभित्र रहेको सरसफाई ढल तथा खानेपानी मन्त्रालयमा काठमाडोंमा ढल मिसिएको पानी कसरी प्रशोधन गर्ने भन्ने विषयमा बैठक छलफल भइरहेका छन । तर शुद्ध गुणस्तरीय मेलम्चीको पानी काठमाडौं उपत्यकामा कसरी छिटो छरितो ढंगबाट ल्याउन सकिन्छ भनेर कहिल्यै त्यस विषयमा मन्त्रालयमा छलफल नै नभएको र मेलम्ची खानेपानी आयोजना कार्यालयले समेत चासो दिएर विभिन्न शिर्षकमा अड्किएका विषयमा फाइलहरुमा ताकेता गर्दा समेत सम्बन्धित मन्त्रालयले वास्ता नगरेको मेलम्ची खानेपानी आयोजना कार्यालयका कर्मचारीले नाम नबताउने शर्तमा हामीलाई जानकारी दिएका हुन् ।
‘बाँच्नका लागि पानी मैलो पानी खानाले गर्छ स्वास्थयलाई हानी’ चेतना भएका जानकारहरुनै सम्बन्धित निकायमा छन् तर त्यही मेलम्ची आयोजनाबाट कमिशन निकालेकै कारण पूर्वमन्त्री समेत अख्तियार दुरुपयोगमा परेका थिए र पनि त्यो प्रबृत्ति पछिल्ला मन्त्री, आयोजना प्रमुखहरुमा परिवर्तन आएको छैन । महत्वपूर्ण ठाउँहरुमा बसेर अनियमितता गरेरै भए पनि उनीहरु त प्रशोधन गरेको मिनिरल वाटर किनेर पानी पिउँछन् । तर सर्वसाधारण जो एक छाक खाना दिनभरीको कमाइले धौधौ हुने गर्छ उनीहरुकालागि उपत्यकामा खानेपानीको अभाव हुँदा यस्ता गरिखाने निम्न वर्गको पीडा कति दर्दनाक हुँदो हो । कल्पना गर्दा पनि अत्यास लाग्दो छ ।
नेपालका नेताहरुले भाषण जति झुटो गरेपनि हुन्छ जनताले पत्याउन नपत्याउन । आजैको आजै जस्तो पृथ्वी नै पर्लक्क पल्टाउने आकाशको तारा तुरुन्तै झारिदिने जसरी तर व्यवहारमा सिन्को पनि नभाँच्ने नेताहरुको बाहुल्यता भएको देश कुन हो भनेर सामान्य ज्ञानमा समेत नेपालको नाम दर्ज हुन लागेको अवस्थाले नेपालीहरुलाई निक्कै चिन्तित बनाएको छ । त्यो भन्दा पनि दर्दनाक खानेपानी आपूर्ति समस्याले सताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend