logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापको दोरम्बा गाउपालिकाले लैगिक हिंसामुक्त गाउँपालिका बनाउने घोषणा गरेको छ .


  • जन आकाश
  • मंगलबार, मंसिर २५ २०७५

 



रामेछापको दोरम्बा गाउपालिकाले लैगिक हिंसामुक्त गाउँपालिका बनाउने घोषणा गरेको छ .

२५ मंसिर, रामेछाप ।
दोरम्बा गाउँपालिकाले लैगिक हिंसामुक्त गाउँपालिका बनाउने घोषणा गरेको छ । गाउँपालिकाले सामाजिक विकृति र विसंगतीको रुपमा रहेको महिला हिंसा अन्त्य गरेर लैगिक हिंसामुक्त गाउँपालिका बनाउने अभियानमा जुटेको हो ।

दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आफूहरुको कार्यकालमा गाउँपालिकालाई लैगिक हिंसामुक्त बनाउने अभियान सहित कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । ‘अहिलेको समयमा पनि लैगिक हिंसा हुनु निकै बिडम्बनाको विषय हो, समाजमा रहेको गलत मानसिकताहरु तोडनको लागि समाजको मानसिकता नै परिवर्तन गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘सकेसम्म लैगिक हिंसा हुन नदिने कार्यक्रम अगाडि बढाउछौ, यदी भएमा दोषीलाई कडा कारवाही गर्न हामी लाग्छौ ।’

लैगिक हिंसा रोक्नको लागि पुरुषहरुको पनि साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिदै उपाध्यक्ष घिसिङले गाउँपालिकाको सबै टोलटोलमा लैगिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिने बताउनुभयो । ‘आर्थिक रुपमा कमजोर हुँदा नै समाजमा महिला हिंसाको घटना बढेको देखिन्छ’,उहाँले भन्नुभयो,‘अब गाउँपालिकाका महिलाहरुको आर्थिकस्तर उठाउने कार्यक्रम अभियानकै रुपमा अगाडि बढाउछौ ।’

लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रको अवसरमा दोरम्बा गाउँपालिका केन्द्र टोकरपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष घिसिङले सामाजिक रुपमा रहेको विकृति हटाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राम्रो काम गर्ने महिला समुहलाई पुरस्कृत पनि गरिएको थियो । डोरखानी महिला समुह प्रथम, जुनली स्वास्थ्य आम समुह द्धितिय, उजेली स्वास्थ्य आमा समुह तृतिय र सृजनसिल महिला समुहले सान्तत्वना पुरस्कार प्राप्त गरेका थिए ।
जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएकी दिपा पाख्रिनले लैगिक हिसा रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा गाउँपालिकाभित्रका महिला संघ संस्था प्रतिनिधि साथै स्थानीयको उल्लेखिय सहभागीता रहको थियो । साथै कार्यक्रममा लैगिक हिंसा रोक्ने चेतनामूलक नाटक तथा गीत र नृत्य प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको योजना समेत तर्जुमा गर्नुभएकी साहायक महिला विकाश निरिक्षक सरिता वुढाथोकीले कार्यक्रमलाइ उत्कृष्ट ढंङगवाट संञ्चालन गरेर महिला वालवालिका र जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने टडकारो आवाश्यकतालाइ औल्याउन भएको थियो .।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend