logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हरेक क्षेत्रमा चुक्दै सरकार


  • जन आकाश
  • मंगलबार, मंसिर २५ २०७५

सबै नेपालीले स्थायी सरकार दुई तिहाईको सरकार चाहेका थिए सयौं वर्ष अगाडिदेखि मौका आउला र त्यो चाहना पूरा गर्न विभिन्न क्रान्ति परिवर्तनसँगै १० वर्षे जनयुद्ध साथै २०६२।६३ को संयुक्त जनआन्दोलन पछि नेपालमा दुई तिहाइको स्थायी सरकार दोश्रो पटक नेपालमा जनताले बनाए । जनताहरुको अरु खालका कुनै आशा थिएनन् मात्र सामाजिक उन्नति, सुशासन, सभ्य समाज, स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्र आफ्नो मौलिक पहिचान र सामान्य भन्दा सामान्य आधारभूत आवश्यकता सहजै उपलब्ध होस् भन्ने चाहना थियो ।
तर सरकार बनेको ९ महिनासम्म सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सार्वजनिक स्थलमा हावाबाट बिजुली, कुँवाबाट तेल, घरघरमा हेलिप्याड, फ्लाइकारको भाषण टुक्के भाषमा भाषण त राम्रो गरे तर जनताले आफ्नो गन्तव्यमा पुग्नको लागि राजधानीमा नै यात्रुहरुले कहिल्यै सिटमा बसेर अफिस जान पाउँदैनन् । सिन्डिकेट हटाएको सरकारको प्रतिवेदनमा उल्लेख गरेपनि आजसम्म सामान्य नागरिकहरुको जीवन झन जटिल बन्दै गएको छ । बजारको महँगी बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थिति कमजोर बन्दै गएको छ । भौतिक पूर्वाधारको भूकम्पको पुनः निर्माणका कामहरु सुस्त गतिमा छन् । सडक, खानी, ढल, फोहोर व्यवस्थापन सरल ढंगबाट व्यवस्थापन गर्न सकेको छैन । अन्य राजनीतिक पार्टीलाई विश्वासमा लिएर काम गर्नु नसक्नु जस्ता असफलताहरु देखिएका छन् ।
हरेक क्षेत्रमा वर्तमान सरकारको आलोचना भइरहेको छ । सरकारले काम गर्न नचाहेको बुझाई आम जनतामा परिरहेको जनताको बुझाई र सरकारको काम गराई त्यसतै देखिँदैछ । समयमा काम नसक्ने ठेकेदारहरुलाई कानूनी दायरामा ल्याउन नसक्नु, यातायातमा भइरहेको सिन्डिकेट प्रथालाई हटाउन नसक्नु, भ्रष्टाचार रोक्न नसक्नु, मेलम्ची खानेपानी आयोजना ब्रेक थु्र भएको एकवर्ष पुगी सक्दा पनि काठमाडौं उपत्यकामा खानेपानी उपलब्ध गराउन नसक्नु, हरेक मन्त्रालय अन्तर्गतका काम कारवाहीहरु गर्दा योग्य, दक्ष, कर्मचारीहरुलाई भन्दा पार्टीकरण गरेर आफ्नो गुटकाहरुलाई राखेर निस्वार्थ काम गर्ने कर्मचारीहरुमाथि जथाभावी सरुवा गरी निजामति कर्मचारीको विश्वास गुमाउनुजस्ता चौतर्फी समस्याले हरेक क्षेत्रबाट वर्तमान सरकार चुक्दै गएको देखिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend