जन आकाश
बैठकमा हिन्दुराष्ट्रको विषयमा छलफल ।
विधान संशोधन प्रस्ताव पेश ।
काँग्रेसले रणनीति र कार्यनीति तय गर्दै ।
नेपाली काँग्रेसको महासमिति बैठक २९ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । बैठकमा नेपाली काँग्रेसले गणतान्त्रिक व्यवस्था लागु भएपछि स्थानीय निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोगेको छ । यिनै विषयहरुमा नेपाली काँग्रेसले समिक्षा र भावी रणनीतिको बारेमा र नेपाली काँग्रेसका पुराना पुस्ता र नयाँ पुस्ताबीचको सम्बन्ध र प्रजातान्त्रिक पद्धतिको विषयमा भएका मत भिन्नताहरु देखिन्छन् ती मत भिन्नताहरुलाई एकरुपतामा ल्याउनको लागि नयाँ विधि र पद्धति कसरी निर्माण गर्न सकिन्छ भनेर काँग्रेसका दिग्गज र जिम्मेवार नेताहरु लागि रहेको नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसलाई सामुहिक नेतृत्वमा विकास गर्नको लागि विधान संशोधन गरेर भएपनि निर्वाचनपछि निराश भएका नेता कार्यकर्ताहरुलाई उत्साह भर्न लागिएको काँग्रेसका नेताहरुले बताएका छन् ।
त्यसैगरी नेपाली काँग्रेसभित्र धर्मनिरपेक्ष र सनातन हिन्दु धर्मको विषयमा पनि चर्को रुपमा आवाज उठेको छ । विशेष गरेर कोइराला परिवार समूहको सनातन हिन्दुधर्म विधानमा समेट्नु पर्ने माग गरिरहेका छन् भने अर्काथरी काँग्रेसीहरु काँग्रेसकै नेतृत्वको सरकारमा बनेको २०७२ को नयाँ संविधान त्यही संविधानमा लेखिएको धर्म निरपेक्षतालाई उल्ट्याउँदा काँग्रेसको साख गिर्ने अर्को पक्षको मत छ ।
त्यसैगरी काँग्रेसको भातृ संगठनहरुको सक्रियता तथा समयमा नै बैठक, अधिवेशन नहुँदा फ्रेस क्यान्डिडेट, फ्रस नेतृत्व भातृ संगठनहरुले नपाउँदा काँग्रेसले आफ्ना गतिविधिहरु स्थानीय तहसम्म पु¥याउन नसकेको विषयमा पनि जोड तोडका साथ महासमिति बैठकमा उठाएका छन् ।
नेपाली काँग्रेसको यो महासमितिको बैठकमा आगन्तुक महासमिति सदस्य संख्याको आधारमा र पक्ष जसको बढी देखिन्छ । नेपाली काँग्रेसको नजिकिँदै गरेको चौधौ महाधिवेशनलाई यिनै महासमिति सदस्यहरु नै महाधिवेशन प्रतिनिधि हुने हुनाले आउँदो चौधौ महाधिवेशनको समेत महत्व राख्ने हुँदा यो नेपाली काँग्रेसको महासमिति बैठकलाई सबैले महत्वका साथ हेरेका छन् । बैठक पौष २ गते समापन गर्ने भनिएपनि तालिका अनुसार नसकिने र केही लम्बिने देखिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend