जन आकाश
काठमाडौं । नेकपा (माले)को १०औं पूर्ण बैठक हिजोबाट केन्द्रीय कार्यालय रातोपुलमा शुरु भएको छ । नेकपा (माले)का महासचिवको अध्यक्षतामा शुरु भएको केन्द्रीय समितिको बेठकमा महासचिव सिपी मैनालीद्वारा राजनीतिक प्रस्ताव पेश भएको छ ।
त्यसैगरी पोलिट्ब्यूरो, स्थायी कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, स्थानीय गाउँ कमिटीहरुले गरेका निर्णय प्रस्तावहरुमा केन्द्रीय कमिटीमा अनुमोदनको लागि जनवर्गीय संगठन सञ्चालनमा भएका प्रगति, अप्ठ्यारा साथै २०७४ को निर्वाचनपछि पार्टीले बेहोरेको हारको विषयमा समिक्षा र पार्टीले थालेको राजनैतिक संकल्प अभियानको विषयमा समिक्षा साथै भावी रणनीतिको विषयमा ३ दिने केन्द्रीय कमिटीको बैठकमा निर्णय गरी कार्यान्वयनमा लान १०औं पूर्ण बैठकले तय गरिएको जानकारी नेकपा (माले)का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख डम्बर कुमार श्रेष्ठले दिनु भएको हो । त्यसै गरी देशभक्त राष्टवादी शक्तिहरु सवैसंग कार्यगत एकता विचार मिल्नेहरु सग पार्टी एकीकरण गर्नका लागि वार्ता कमिटीको कार्यविधिको विषयमा पनि वैठकमा छलफल चलिरहेको छ । केन्द्रीय कमिटीको वैठक २, ३, ४ गते सकिने तालिका भए पनि देशैभरीवाट केन्द्रीय सदस्यहरुले ल्याएका प्रस्तापहरुको गहन अध्ययन र छलफल गर्नुपर्ने भएको हुदा ५ गते मात्र वैठक सकिने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend