जन आकाश
हाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषद् भृकुटी मण्डपमा सार्ने र उक्त स्थानमा उपराष्ट्रपति कार्यालय बनाउने निर्णय सरकारले गरिसकेको छ ।
उक्त विषयलाई लिएर देशभित्रका विभिन्न संघ संस्था राजनीतिक दल, कर्मचारी लगायतले विरोध जनाइरहेका छन् भने उक्त कदमको विरुद्धमा एकलाख हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई बुझाउन विभिन्न ठाउँमा अहिले हस्ताक्षर संकलन भइरहेको समेत देखिन्छ । सरकारले उपराष्ट्रपति कार्यालय साँगुरो भएको र निर्वाचन कार्यालय भएकै भवनमा कार्यकक्षका कारण असजिलो भएको भन्ने कुरा बाहिर आएपछि सार्वजनिक ठाउ खोजि गर्दा सरकारको मातहतमा रहेको समाज कल्याण परिषद्को भवनलाई सरकारले त्यहाँबाट समाज कल्याण परिषद् हटाएर उपराष्ट्रपति भवन नयाँ बनाउने निर्णय गरेको हो ।
नेपाल संघीय गणतान्त्रिक व्यवस्थामा गइसकेपछि पदीय हिसाबले पनि राष्ट्रपति र उपराष्ट्रपति राष्ट्रका प्रमुख उपप्रमुख हुन् उहाँहरुको गरिमा राख्नुपर्छ राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठी, पार्किङ लगायत पर्याप्त ठाउँ आवश्यक पनि पर्छ । त्यो राज्यले व्यवस्थापन गर्नुपर्छ । तर देशको गरिमामय निकाय राष्ट्रपति र उपराष्ट्रपतिको निवासको विषयलाई लिएर बजारमा समाजमा जसरी जनताले आफ्नो असन्तुष्टि पोखिरहेका छन् यस्तो अवस्था सृर्जना हुनेगरी सरकारले काम गर्नु हुँदैनथ्यो । सरकारले यस्तो विषयमा गहन अध्ययन गरेर मात्र निर्णय गर्नुपथ्र्यो । त्यस्तो सावधानी नअपनाइकन र समाज कल्याण परिषद्लाई विकल्पको रुपमा जनताहरुलाई यो यो कारणले यो परिस्थितिमा सार्न लागेको र हामी समाज कल्याण परिषद्कै भवन जहाँ अहिले छ त्यो भन्दा कम सुविधा र अपायक पर्न दिने छैनौ भन्ने विषयमा विश्वास दिलाउन सक्नुपथ्र्यो त्यस्तो प्रयत्न सरकारको तर्फबाट कतै पनि भएको देखिँदैन । सरकारलाई विपक्षी पार्टी नेपाली काँग्रेसले जसरी अधिनायकवादी तानाशाहीको आरोप लगाउने गरेको छ । त्यस्तै सरकारको निर्णय काम गराइ मिल्दै गएको छ । यसबाट नेपाली जनताहरु वर्तमान सरकारप्रति विश्वस्त हुन सकिराखेका छैनन् । यसबाट निकट भविष्यमा सरकारमा रहेको नेकपालाई नै संकटमा पार्न सक्ने देखिन्छ । त्यसैले समाज कल्याण परिषद् किन सारिँदैछ । जनतालाई
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend