logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तीन नं. प्रदेशको राजधानीमा काभ्रेमा हुनुपर्छ


  • जन आकाश
  • बिहिबार, पुष २६ २०७५

 



नेपालको कम्युनिष्ट आन्दोलन शुरु भएको ६७ वर्ष भएको छ । तर नेपालको कम्युनिष्ट आन्दोलन सफल भएको छैन । वाम पार्टीहरुले पटक पटक सरकार चलाएपनि वास्तविक कम्युनिष्ट आन्दोलन सफल हुन नसकेकै कारण नेपालमा युवा कम्युनिष्ट नेताहरुले आफ्ना योजना र कार्यक्रमहरु लागु गर्न पाएका छ्रैनन् । त्यसैमध्ये प्रखर युवा नेता नेकपा (माले)का पोलिटव्युरो सदस्य तथा ३ नं. प्रदेश सचिव कृष्ण रानाको विचारमा वर्तमान राजनीतिक अवस्था कस्तो छ ? यस अङ्कमा प्रस्तुत गरेका छौं ।
कृष्ण राना
पोलिट्ब्यूरो सदस्य तथा ३ नंं. प्रदेश सचिव (नेकपा माले)

तपाईलाई जनआकाश मिडियामा स्वागत छ ।
धन्यवाद ।
वर्तमान राजनीतिक घटनाक्रमलाई कसरी लिनु भएको छ ?
नेपाली जनताले जुन अपेक्षा गरेको थियो नेपाली जनताले त्यो अपेक्षा अनुरुप वर्तमान सरकारले काम गर्न सकेन । ओली प्रचण्डको जुन नेतृत्वको सरकार छ । त्यो सरकारसँग दुइतिहाइ बहुमत छ । दुइतिहाइले कम्युनिष्ट नामको सरकारले जनपक्षीय काम गर्न प¥थ्यो त्यो जनपक्षीय काम नगरेको कारण नेकपा (माले) सबैभन्दा पहिला जनपक्षीय अनुरुपको काम गर्नुपर्छ भनेर दवाव दिने र उसले गरेका गलत क्रियाकलापहरुको भण्डाफोर गर्दै जाने नीति पार्टीले अगाडि बढाई रहेको छ ।
दोस्रोः वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम नगरेको मात्र होइन नितान्त जनविरोधि काम पनि गर्दै गएको छ ।
जस्तैः कसैलाई खुसी बनाउनका लागि नियम, कानुन केही नहेरीकन थुनामा रहेका सांसदहरुलाई सपथ ख्वाउन फेरी सपथ ख्वाएपछि उसलाई काम कारवाहीमा ल्याएको भए हुन्थ्यो फेरी उसलाई जेल पठाउने यो कसैको दवावमा गरिएको छ ।
अर्काे त्यस्तै अनियमितता र भ्रष्टचार काहा ग¥यो भने आफ्नै संसदीय समितिले बनाएको लेखा उपसमितिले गरेको निर्णयलाई यो छानविन नै होइन भनेर अभिव्यक्ति सार्वजनिक ग¥यो यो सरकारको लाचारीपन हो । यो जनविरोधि काम हो । यस्तै सरकराले गरेका जनविरोधि कार्यहरुको भण्डाफोर गर्ने नेकपा (माले) को नीति अनुसार हामी काम गर्दै अगाडी बढी रहेका छौं । जनताहरु हाम्रो यस राजनीतिक संकल्प अभियाँनमा हातेमालो गर्दै देशलाई वास्तविक कम्युनिष्ट आन्दोलन सफल पार्न अग्रसर भइराख्नु भएको छ । त्यसको शुरुवात केन्द्रविन्द्र ३ नं. प्रदेशबाट हुदैछ । त्यसमध्ये पनि ३ नं. प्रदेशको राजधानि हेटौडामा राखेर जनविरोधि काम गरेको विषयमा रामेछापबाट २०७४ चैत्र १७ गते नै जनतालाई रामेछाप जिल्ला कमिटिले सार्वजनिक पत्रकार सम्मेलन गरेर ३ नं. प्रदेशको राजधानी सबैलाई पाएक पर्ने ठाउँमा ल्याउन र नल्याए जनताको अधिकार ३ नं. प्रदेशमा जनताको सुविधाको लागि (नेकपा) मालेले वास्तविक जनआन्दोलन गर्ने तैयारी गरेको थियो त्यही रामेछापबाट आएको जनताको अपेक्षालाई अन्य जिल्ला जस्तै रसुवा, दोलखा, नुवाकोट, धादिङ्ग, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काठमाडौंलगायत जिल्लाबाट जनसमर्थन बढदै गएपछि जनताको भावना र मागअनुसार नेकपा (माले) ले ३ नं. प्रदेशको राजधानीको विषयलाई प्राथमिकतामा उठाएको छ । साथै जनतालाई संगठित गर्दै जाने नीति लिएको छ । जनताका पक्षधर कमजोर भए भने देशको अवस्था कमजोर हुन्छ । त्यसकारण जनपक्षीयधरहरु संगठन बलियो बनाउँदै जनताका हक अधिकार सुनिश्चित गर्न जनताहरुलाई नै संगठित गर्ने गरी अगाडि बढीरहेका छौं ।
३ नं. प्रदेशमा (माले)को सांगठनिक संरचना कस्तो छ ?
प्रदेशको संरचना आइसकेपछि विकटता र सुगमता बीचको असन्तुलन प्रदेशमा छ । त्यो विकटता र सुगमता बीचको असन्तुलन प्रदेशमा छ । त्यो विकटतामा रहेका जनताको अप्ठ्यारोलाई यहाँ कसैले हेरेन र प्रदेशको राजधानी हेटौडामा राखेर जनतालाई दुःख दिइरहेको छ । त्यसकारण हामीले हाम्रो पार्टीलाई प्रदेश अन्र्तगत ७ वटा व्यूरो बनाएर संगठन निर्माण गरिरहेका छौं दोलखा र रामेछापलाई एउटा व्यूरोमा राखेका छौं । सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुरलाई अर्काे व्यूरोमा राखेका छौं । रसुवा, नुवाकोट, धादिङ्गलाई अर्काे व्यूरोमा राखेका छौं । मकवानपुर, चितवनलाई अर्काे व्यूरोमा राखेका छौं भने सिन्धुलिलाई तत्काललाई प्रदेशले सिधै महत्व राखेर हेर्ने गरी वर्गीकरण गरेर संगठित भएर जनताको काम गर्ने कामहरु भइराखेको छ । जिल्ला भन्दा माथि व्युरो छ । व्युरोभन्दा माथि प्रदेश छ । प्रदेशभन्दा माथि केन्द्र छ । हाम्रो ३ नं. प्रदेशमा व्युरोले जिल्लामा बैठक राख्ने, जिल्लामा भएका गतिविधि सरकारले गरेका राम्रा कामको रचनात्मक समर्थन र गलत कामको भण्डाफोर गर्दै जाने काममा हाम्रो पार्टी कमिटिहरु क्रियाशिल छन् अहिले सम्म ।
तपाईहरुको पार्टीले प्रत्यक्षमा एकसीट पनि जितेन र थ्रेसहोल्ड पनि पार गरेन पार्टीको अवस्था के हुन्छ ?
जनताको पक्षमा काम गर्नेहरुलाई थ्रेसहोल्डले कहिले छेक्दैन, अहिले पनि गरिराखेका छौं । हामीलाई ३ प्रतिशत ल्याउन नेपाली जनताले अस्विकार गरेकै होइन । देशी विदेशी प्रतिक्रियावादी लागेर देशभक्ति शक्तिलाई कमजोर बनाउन र राष्ट्रियतालाई संकटमा पार्न हामीलाई स्थापित गर्न नदिएको हो । जनताले हामीलाई मत दिएका छन् । तर जनताले हामीलाई दिएको मत रातारात मतपेटिका फेरेर हाम्रो देशभक्ति पूर्ण जनमतलाई विदेशीको चारो खाएर गायव बनाएका छन् त्यो अब जनताले हिसाब किताब खोज्दैछन् । त्यसैका निम्ति हाम्रो पार्टी नेकपा (माले) रचनात्मक प्रतिपक्षको भूमिकामा काम गरिरहेको छ । रचनात्मक प्रतिपक्ष भनेको यो सरकारले जनता र देशको पक्षमा गर्न नसकेको कामलाई जनदवाव सृजना गर्न र देशभक्तिपूर्ण आन्दोलनलाई मर्न नदिने काम गरिराखेका छौं ।
देशभक्तिपूर्ण शक्तिहरुलाई सिध्याउने खेलमा देशी–विदेशी शक्तिहरु स्थाई निर्वाचन देखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लागे त्यसैको सिकार नेकपा माले पनि भयो । अज्झै पनि जनताहरु हाम्रै पक्षमा छन् । जनताको साथसाथै जनताले अन्याय र अत्याचार सहन सकुन जेलसम्म सहनछन् जब सहन सक्दैनन आदि भेरी ल्याउन पछि पर्दैनन् वास्तविक नेपाली जनताको आन्दोलनको लागि र परिवर्तनको लागि जहिले, जतिखेर नेकपा (माले) नेतृत्व लिदै आएको छ र लिन्छ ।
तपाइले जनतालाई जागरुक बनाउने कुरा गर्नुभयो तर पार्टीको कार्यक्रमहरु त देखिदैनन् त ?
कोही मान्छे दिउसो घाम लागिरहेको बेला सितल छायामा बस्यो भने सुर्यलाई देख्दैन । र घाम लागेन जस्तो लाग्छ नि घाम लागिराखेको छ तर सित्तलमा बसेको मान्छेले घामै लागेको छैन घामले पोल्दैन भन्न सक्छ । त्यस्तै हो । जसले नेकपा मालेलाई कमजोर ठान्यो जसले नेकपा मालेलाई समाप्त गर्न चाहान्छ । जुनजुन शक्ति नेकपा (माले) सँग त्रसित छ तिनैले मात्र नेकपा माले छैन सिद्धिसक्यो भन्न सक्छन् । हामी निरन्तर जनताका बीचमा छौं । सरकारको जनविरोधि कार्यको विरुद्धमा छौं हाम्रो सभाहरु भइरहेका छन् । रक्तदान कार्यक्रमहरु गरेका छौं जिल्ला जिल्लामा पार्टीको सहयोगमा तर पार्टी नै नभनेर पनि सामाजिक कामहरु गरेका छौं सूचना प्रविधिहरु जताजता असिना वर्षिन्छ त्यता त्यता नै रमाइलो गर्ने र सूचना प्रविधिहरु नै विदेशीहरुको पहुँचमा छ । तिनैले सञ्चालन गर्छन त्यसकारण नेकपा मालेको पार्टीको कार्यक्रम, गतिविधि सञ्चार माध्यममा जति पुग्न पर्ने हो नपुगेको होला तर जनता बीचमा नेकपा (माले) सक्रीयताका साथ स्पष्ट सिद्धान्त, विचार लिएर अगाडी बढी राखेकै छ ।
अबको ६ महिनामा नेकपा (माले) लाई हामीले कुन रुपमा देख्न सक्छौं ?
हामी निरन्तर जनताको कामका लागि लागेका छौं । जसरी हामीलाई भनिराखेका छन् ति भन्नेहरुको ६ महिना भित्रमा मुख थुनिसकेको हुने छ । नेकपा माले केही होइन भन्नेहरुले नेकपा (माले) राष्ट्रिय शक्ति रहेछ भन्ने देख्नेछन् ।
तपाइ विद्यार्थी राजनीतिबाट आउनुभएको युवा नेता पहिलाका विद्यार्थी र अहिलेका विद्यार्थी राजनीतिको बारेमा कस्तो लाग्छ ?
पहिलाका विद्यार्थी आन्दोलनमा राष्ट्रप्रेम थियो र जनभक्ति थियो अहिलेको विद्यार्थी आन्दोलनमा सत्ता लोलुपता छ । यो सत्ता लोलुपताका कारण नै विद्यार्थी आन्दोलनले सही दिशा लिन सकेको छैन । पहिलाको विद्यार्थी आन्दोलनसँग समाज विकासको रुपमान्तरणसँग थियो समाज रुपान्तरण गर्ने जोश थियो । अहिलेको विद्यार्थी आन्दोलन सँग त्यस्तो केहि छदैछैन । यहाँ शैक्षिक अराजकता भइरहदा खेरी जनताका बालबालिकाले पढन नपाउने भरहदा खेरी अधिकांश शैक्षिक वेरोजगार भइरहदा विद्यार्थी संगठन मौन बसिरहेका छन् यो सबै सत्तापक्षमा लिप्त भएका कारण यस्तो भएको हो जस्तो लाग्छ । मेरो विचारमा ।
३ नं. प्रदेशको राजधानी वर्तमान सरकारले हेटौडामा राख्ने तयारी गर्दैछ तपाई ३ नं. प्रदेशको सचीव र पार्टीको पोलिट व्युरोको हैसियतले ३ नं. प्रदेशको विषयमा पार्टीले के गर्दै छ ?
हाम्रो पार्टी मात्र होइन सबै पार्टीका यस प्रदेशभित्र रहेका जनताको विषय हो यो मेरो विचारमा राजधानी राख्दा सबैलाई पाएक पर्ने ठाउँमा राख्नुपर्छ भनेर माले पार्टीको धारणा सार्वजनिक भइसकेको छ । प्रदेशको राजधानी कसैको चिक्त बुझाउनको लागि हेटौडा राखिएको छ । हिजो पञ्चायत कालमा एउटा क्षेत्रिय कार्यालय त्यहाँ राखिन्थियो भन्दैमा यो पनि त्यही राख्नुपर्छ भन्ने छैन । अहिले १३ वटा जिल्ला छन् ति सबैलाई पाएक पर्ने ठाउँमा आउत जावत गर्न सजिलो सबैको केन्द्रबिन्दुमा होस भन्ने हो त्यो हेटौडामा पुग्न रामेछापको जनतालाई रसुवा नुवाकोट, दोलखा, काभ्रेका जिल्लाहरुलाई कति अप्ठ्यारो पर्छ । यो दृष्टिकोणबाट उपयुक्त छैन । यो कसको इशारामा यि सबै जनविरोधि काम भइरहेका छन् यो हामीले बुझ्न सकेका छैनौं । यसप्रति हाम्रो पार्टी गम्भिर छ ।
सरकारले राजधानी हेछौडा नै राख्यो भने तपाइहरु के गर्नुहुन्छ ।
हामीले विगत २०७४ को चैत्र १७ गतेबाट रामेछापबाट अभियान त शुरु भइसकेको छ । प्रदेशको राजधानी काभ्रेमा राख्नुपर्छ भनेर अन्तरपार्टीहरुसँग समेत छलफल गर्दछौं अन्य पार्टीहरु पनि राजधानीको विषयमा (माले) ले उठाएको विषय ठिक छ भनेर छलफलमा आउनु भएको छ । संसदहरुसँग लविङ्ग गरिराखेका छौं यदि संसदहरुले पनि हाम्रो कुरालाई वेवास्ता गरेर सत्ताको लोलपता देखाए भने हामी जनताको वीचमा जने छौं । जनमोर्चाले भने जस्तै प्रदेश केका लागि, प्रदेशको औचित्य के भन्ने विषयतिर पनि विषयान्तर हुन सक्छ । त्यसैले सरकारले बेलैमा सोचोस, सांसदहरुले बेलैमा सोचोस भन्ने भनाइ राख्छौं ।
अन्तमा
तपाईको यो सञ्चारमाध्यममार्फत नेपाली जनताहरु जहिले पनि भ्रमको बीचमा रहनुहुदैन यदि यसैगरी भ्रममा रहीरहयो भने नेपाली पनि नरहने र नेपाल पनि नरहने अभियान जुन चाल्दै छ । दक्षिणतिरबाट हाम्रो सीमा पहिला १ लाख ४१ ह्जार १ सय ८१ वर्गमिटर थियो अहिले १० हजार किलोमिटर गायव बनाइएको छ । विस्तारै नेपाललाई सके सिक्किमीकरण गर्ने यदि सक्दैन भने भुटानीकरण गर्ने अभियानमा काम खतरा रुपमा आएको छ । यहाँको सरकार त्यसैको सहयोगी बनिरहेको छ । नेपाली जनता सचेत भएनन जागरुक भएनन भने भुटान हुन सक्छ । सिकिन बन्न सक्छ यो अभियान रोक्नका लागि सम्पूर्ण नेपाली जनतालाई सचेत हुन र जागरुक हुन यस सञ्चार माध्यम मार्फत आग्रह गर्न चाहान्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend