logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारत भ्रमण सकेर फर्किए प्रधानसेनापति


  • जन आकाश
  • बुधबार, माघ २ २०७५

२ माघ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण सकेर स्वदेश र्र्फकिनु भएको छ । भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा २७ पुसमा गएका सेनापति थापा बुधबार स्वदेश फर्कीनु भएको हो ।



उहालाइ बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गरिएको थियो ।
भारत भ्रमणका क्रममा २८ पुसमा थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान गरेका थिए ।

थापाले भ्रमणका क्रममा भारतीय सेनाको जयपुरस्थित दक्षिण–पश्चिमी कमान्ड र लखनउस्थित केन्द्रीय कमान्डको मुख्यालयको पनि निरीक्षण भ्रमण गरेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए ।
थापालाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend