logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चरिकोटमा पावनको स्वागत


  • जन आकाश
  • मंगलबार, माघ ८ २०७५

दोलखा



दोलखाको चरिकोटस्थित सातदोबाटो चोकैमा रहेको पावन होटलले सिजनल अर्थात् (मौसम) अनुसार गृहकहरुलाई स्वागत गर्ने गरेको होटलका सञ्चालक गणेश शाही ठकुरीले बताए ।
पावन होटलमा अहिले जाडो मौसम चलिरहेको हुँदा क्याम्प फायर सञ्चालन गरेर न्यानो बनाउने र क्याम्प फायरबाट गौरी शंकर देख्न सकिनेछ । साथै पार्किङ्गको राम्रो व्यवस्था, फाइभ स्टार होटल सरहका रुपहरु मात्र १००० देखि २५०० सम्म खानाको लागि लोकल ढिडोदेखि अन्तर्राष्ट्रिय परिकार सम्म बन्नेछ । कालिञ्चोक ९ मा जन्मेर हुर्किनु भएका ठकुरीलाई अन्य युवाहरु जस्तै उच्च शिक्षा हासिल गरेपछि विदेश जान रहर लागेन भन्ने प्रश्नमा उनले भने मैले काठमाडौंको फेम्स कलेजमा बिबिए गरेपछि आफ्नै देशमा बसेर नयाँ ढंगबाट व्यवसाय शुरु ग¥यो भने केही राम्रो गर्न सकिन्छ भन्ने भावना जाग्यो त्यही भएर गर्मिमा चरिकोट चिसो ठाउँ भएकोले पाहुनाहरुलाई स्वागत नम्र आफ्नै परिवारजस्तो वातावरणमा पावन होटलले स्वागत गर्दै आएको छ ।
त्यसको अलावा कतिपय ग्राहकहरु भिमेश्वर, कालिञ्चोक घुम्न आएका हुन्छन् उहाँहरुलाई दोलखाको धार्मिक विशेषता समेत राम्रो जानकारी गराउने गर्दै व्यवसायसँग सेवा गर्दै आएको गणेश शाही ठकुरीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend