जन आकाश
पटक–पटक स्वास्थ्य क्षेत्रको सुधारको निम्ति अनशन बस्दै आएका डा. गोबिन्द के.सीको अनसनको फेहरिस्त १६ औ पटक पुगेको छ । विगतमा १४ औं पटकसम्म राजधानीमा अनसन बसेका के.सी १५ औं अनसन पश्चिमको जुम्लामा बसेका थिए भने १६ औ अनसन बस्न पूर्वको इलाम पुग्नुभएका के.सी.को स्वास्थ्य स्थिति कमजोर भएपछि काठमाडौंको टिचिङमा अनसन बसिरहनु भएको छ ।
यो १० वर्षको अन्तरालमा डा. के.सीले उठाउनु भएको मुद्धाको विषयलाई लिएर सदनमा समेत धेरै पटक बहस छलफल भइसकेका छन् भने डा. के.सीले नै माग गरेको माथेमा आयोग बनाइएको चिकित्सक शिक्षा प्रतिवेदन समेत सरकारले केही हेरफेर गरी सदनबाट समिति, उपसमिति निर्माण गरी बनाइसकेको छ ।
सांसदीय शिक्षा तथा स्वास्थ्य उपसमितिबाट राष्ट्रिय चिकित्सा विधेयक सदनमा सरकारले पास गरेपछि डा. के.सीले उक्त विधेयक आफुसँग छलफलै नगरी चिकित्सा माफियाहरुको हितमा हुने गरी आएको भनेर विरोध सोरुप १६ औ अनसन थाल्नुभएका डा. के.सी.को अनसनलाई विभिन्न संघ÷संस्थाहरुले समेत दैनिक रुपमा डा. के.सी.का माग पुरा गर भन्दै दबाव दिइरहेका छन् भने सरकार पक्ष डा. के.सी.का माग विगतमा नितान्त स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित थिए पछिल्ला घटनाक्रममा विभिन्न अदृष्य शक्तिहरुले के.सी.लाई नजानिदो दंगबाट प्रयोग गरेको हुनाले के.सी.का माग पूरा हुन नसक्ने तर्क गर्दै आइरहेका छन् ।
यता स्वतन्त्र नागरिकहरुको भनाई अलि फरक छ । डा. के.सीका जायज मागहरु सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ । यदि ति जायज मागहरु होइनन्, छैनन भने सर्वसाधारण जनतालाई यो कारणले डा. केसीका मागहरु सत्य होइनन भनेर प्रष्ट प्रमाणित हुने गरी जनतालाई जानकारी गराई मृत्युको मुखमा आफ्नो जीवन नै जोखिममा पारिरहेका बुढेसकालमा गोविन्द के.सी.को जीवन रक्षा गर्नुपर्छ ताकि दुई तिहाईको तानाशाही, सरकार भनेर आरोप लागिरहेको समयमा वास्तविक लोकतन्त्र देखाउने अवसर प्राप्त भएको छ । यो सरकारलाई त्यस कारण डा. के.सीको आन्दोलनसँग सरकार विपक्ष साथै अन्तराष्ट्रिय माफिया के हो प्रष्ट छर्ल· हुने गरी सार्वजनिक हुन जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend