logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गौतम आरनले देखाएको पौरख


  • जन आकाश
  • बिहिबार, माघ १७ २०७५

काठमाडौं । नेपालका युवाहरु विदेश जान्छन् कतिपय उतै हराउँछन् कतिपय आउँदै जाँदै गर्छन् । विदेशमा सिकेको सीप, ज्ञान र विदेशी भूमिमा बगाउने पसिना आफ्नै देशमा बगायो भने सफल हुन्छ भन्ने सोचले १० वर्षको विदेश बसाइपछि आजभन्दा झण्डै तिन बर्ष अगाडि रामेछापको सदरमुकाम मन्थलीमा होटल व्यवसाय शुरु गरेका आरनले मेहनतकासाथ काम गर्न थाले र छोटो समयमा नै राम्रो आम्दानी गर्न सफल भए विदेशमा दुःख गरेर कमाएको पैसा पूर्ण सदुपयोग भयो । आम्दानी पनि राम्रो भयो । बुवा गोकर्णराज आरन आमा चेली आरनका तीन भाई छोरा मध्ये गौतम आरन जेठा हुन् । उनले गरेको सफलताले भाई उत्तम आरन पनि पनि प्रभावित हुँदै विदेशबाट फर्किएर मन्थली नगरपालिकामा खानेपानी ढुवानी सेवा समेत सञ्चालन गर्न थाले । उत्तमले पनि सेवा र आम्दानी दुबै सफलता हासिल गर्न थाले । यतिबेला रामेछापमा विभिन्न ठाउँमा २०७२ को भूकम्पले क्षति पु¥याएका ठाउँहरुमा भूकम्प प्रतिरोधी घर बनाउन प्रयोग हुने ढुंगा, गिटी, बालुवालगायत सामानहरु समेत ढुवानी सेवा दिइरहेका छन् ।
नारायण आरन कान्छा भाई हुन् उनी अहिले दुबईमा मासिक ४० हजार भन्दा माथि आम्दानी गर्छन् । उनलाई समेत दाई गौतम र उत्तमले आफ्नै देशमा फर्केर काम गर्नको लागि आग्रह गर्दै आएका छन् ।
गौतम आरन २०४३ सालमा रामेछापको पुराना गाउँमा जन्मेका उनले त्रिचन्द्र कलेजबाट +२ पास गरेपनि नेपालमा तत्कालै रोजगारी नपाएपछि विदेशमा रोजगारी गर्न जाने क्रममा साउदी, दुबई, कतारमा गएर काम गरेका थिए । उनले विदेशमा कमाएको रकम र सिपलाई सदुपयोग गरेर आफ्नै देशमा विदेशमा जस्तै मेहनत ग¥यो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।
हाल गौतम आरनले प्रत्यक्ष अप्रत्यक्ष १५ देखि २० जनालाई रोजगार दिएर आफैले पनि मनग्य आम्दानी गरिरहेको बताउँछन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend