जन आकाश
कृषिप्रधान देश भनेर सयौं बर्षसम्म एउटै शब्द विद्यार्थीलाई रटाइराख्ने तर कृषि व्यवसाय, पेशा छोडेर देशको सक्रिय जनशक्ति रोजगारको लागि विदेश पलायन भएर देशका अधिकाँश कृषिजन्य उत्पादन गर्ने खेतबारीहरु बाँझोमा परिणत हुँदासम्म पनि कक्षाकोठामा पढाइने पाठ भनेको नेपाल कृषि प्रधान देश भनेर नै पढाइँदैछ । यो हामी नेपालीहरुको लागि लाजमर्दो विषय हो । लाजमर्दो कृषि प्रधान देश भनेर होइन कृषिमा आत्मनिर्भर हुन नसक्नु, आधुनिक कृषिको विकास गर्न नसक्नु, कृषिको लागि बनेका नीति, कार्यक्रम, कृषिसम्बन्धी वास्तविक किसानको खेतबारीसम्म सेवासुविधा पु¥याउन नसक्नुको कारणले कृषि पेशामा आकर्षित हुनको साटो मानिसहरु दिनानुदिन निरुत्साहित भएर उत्पादनमा ह्रास आउनु चाहिँ लाजमर्दो विषय बनेको छ ।
कृषि पेशामा परम्पराकालदेखि नेपालीहरुले काम गर्दै आएका छन् तर विगतमा यातायातको सेवा सुविधाहरु नहुँदा बजारको व्यवस्थापन हाट लगाएर हिमाली भेगका मानिसले आफ्ना उत्पादन त्यस हाटमा ल्याउने पहाडी भेगका किसानले पनि त्यही हाटमा ल्याउने तराइका बेल्टका किसानले उत्पादन गरेका उत्पादीत कृषिजन्य वस्तु हातमा ल्याएर एकआपसमा किनबेच गरेर आफ्नै देशको उत्पादनले धानेको थियो भन्छन् बुढापाकाहरु, यतिबेला आधुनिक विकास भएको छ । यातायातका साधनहरु गाउँगाउँ पुगेका छन् । खेती गर्नलाई आधुनिक मेसिनहरुको प्रयोग पनि भएको छ नेपालमै बसेर आफ्नै देशमा आधुनिक कृषि व्यववसाय गर्ने नेपालीको संख्या हुँदै नभएको पनि होइन तर, नेपालको आधुनिक विकाससँगै बजारमा विचौलिया र नेपालका उत्पादनलाई भन्दा विदेशबाट आउने कृषिजन्य वस्तुलाई महत्वपूर्ण ठाउँमा बसेका सरकारका निकायले नेपाली किसानहरुको हितमा काम नगर्दा बारीमा उत्पादन गरेका तरकारी, फलफुल बारीमा नै कुहाउनु पर्ने अवस्था छ । किसानहरुको लागि सरकारले बनाएको नीतिमा पायक पर्ने ठाउँमा, पकेट क्षेत्र छुट्याएर, विउ, बिजन, तालिम, अनुदान, बीमा, सहुलियतपूर्ण ऋण, सित भण्डार बजारको लागि समस्या देखिएमा तत्कालै पहल गर्ने जस्ता नीति तथा कार्यक्रम नभएको पनि होइन तर त्यो नीति, कार्यक्रम योजना कार्यान्वयनमा नआउँदा आज पनि किसानहरुको बजार व्यवस्थापन नहुँदा किसानले बेलाबेलामा सडकमा दुध पोखेर विरोध गरिरहेका छन् । काउली बारीमै फुलाएर भैसीलाई, गाईलाई खुवाई राखेका छन् । यता देशको तथ्यांक हेर्दा हाम्रो देशमा तरकारी फलफुल नपुगेर विदेशबाट विशेषत भारतबाट आयात गरेर खाइराख्नु परेको छ । अर्कोतर्फ नेपालका किसानले उत्पादन गरेको तरकारी, फुलफूल, दूध, अलैंची, अदुवा, जडीबुटी बजारभाउ नपाएर कुहिएर जाने अवस्थामा छ । यी यस्ता समस्यालाई हल गरेर नेपाली किसानहरु प्रोत्साहन गर्न र कृषि नीतिलाई कार्यान्वयन गरी किसानको हितमा काम गर्नु पर्छ तब मात्र कृषि प्रधानदेश भनेर गर्व गर्न सक्छौं । त्यो वातावरण बनोस्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend