logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार – ढकाल


  • जन आकाश
  • शनिबार, माघ १९ २०७५

रोल्पा ः आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द«प्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार भएको बताउनुभएको छ । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
सङघीय संसद प्रतिनिधि सभाका सम्माननीय सभामुख कृष्णबहादुर महराको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई माननीय उर्जामन्त्री बर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताउनुभयो । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पु¥याउन सकिने उल्लेख गर्नुभयो । मुलुकमा भएको पछिल्लो राजनीति परिवर्तनको उदगम स्थल हुनुका नाताले रोल्पा राजनीति रुपमा समेत अत्यन्तै महत्वपूर्ण जिल्ला भएको स्मरण गर्दै तीनै तहका सरकारसँग सहकार्य गरि स्थानीय स्तरका आर्थिक गतिविधिलाई बढाउन नेपालको नीजी क्षेत्र तयार रहेको बताउनुभयो ।
अहिले रोल्पाली जनताको मुख्य आय श्रोत भनेकै रेमिटेन्स हो । रोल्पाका गाउँगाउँमा आइएमईको सेवा पु¥याएका छौँ । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पु¥याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पुर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास ब्यक्त गर्नुभयो ।
आईएमई ग्रुपको मुख्य प्रायोजनमा शरु भएको महोत्सवको उद्घाटन सत्रमा आइएमई ग्रुपका जनसम्पर्क ब्यवस्थापन प्रमुख राजु पौडेलको समेत उपस्थिति रहेको थियो ।
सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend