जन आकाश
चम्किँदै युवा खेलाडीहरु ।
राजनीतिले विखण्डनतिर लगिरहेको नेपाललाई खेलाडीहरुको विजयले एकतामा जोडेको छ ।
चितवनमा गौतमबुद्ध क्रिकेट मैदान बनाउने निर्णय स्वागतयोग्य ।
क्रिकेटमा जस्तै फुटबलमा पनि त्यत्तिकै सम्भावना ।
खुसी छौं हामी नेपाली आज धेरैभन्दा धेरै
त्यो खुसी भन्दा खेलाडीको मेहनत अझ धेरै
काठमाडौं ।
विभिन्न परिवर्तन र वाद,तन्त्रको झुटको राजनीति भजाएर इमानदार नेपालीहरुको एकता, धार्मिक सहिष्णुता, संस्कृति र मेहनती हातहरुलाई परनिर्भरताको सोच राखेर अरुबाट निर्देशित तर पात्रा नेपाली भई के–के वाद, तन्त्र, सिद्धान्तको कागजको खोस्टा बनाई नेपालीले नेपालीलाई मार्ने, मराउने र सधंै जे कुराको पनि विरोध गरेर बस्नुपर्छ भन्ने कामको थालनी गरी नेपालीहरुको एकतालाई भत्काउन विदेशीको गोटी बनेका राजनीतिक पार्टीहरुले जात, धर्म, वर्ग, लिङ्ग सबै ठाउँमा विग्रहको विउ रोपी नेपालको अर्थतन्त्रको मेरुदण्ड भत्काई विस्तारै विस्तारै सबै कुराहरुमा परनिर्भरमुखी बनाएर राष्ट्रिय अस्तित्व नै समाप्त पार्ने गरी खेल खेलिरहेको बेला नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरुले भने नेपाल देश र नेपालीहरुको लागि एकपटक पुनः देशभक्तिको उदाहरण पेश गरेका छन् ।
नेपाली हामी रहुँला कहाँ नेपालै नरहे
हाँसौला हामी कहाँ हिमालै नरहे
भनेजस्तै हाम्रो नेपाल देशको इतिहास कहिल्यै कसैको दासत्व स्वीकार्नु नपरेको र कुनै त्यस्ता कठिन अप्ठ्याराहरुमा पनि हाम्रा पूर्खाहरुले लडेर आफ्नो पसिना र रगत नेपाली माटोलाई सुम्पेर गएको हुनाले आज पनि नेपाली माटो पवित्र भएर रहेको छ ।
बेला बेलामा राजनीतिको नामको अराजकताले विष रोपे पनि आइएनजीओ नामका योजनाले नेपालीलाई विभाजन गर्न खोजे पनि उनीहरुको योजना सफल हुन दिएका छैनन् ।
तर पछिल्लो गतिविधि निकै आक्रामक ढंगबाट नेपालको उत्पादन २००७ पछि सबै उद्योग बन्द गराउँदै आजसम्म आइपुग्दा सक्षम युवाहरु विदेशमा पलायन भएका उद्योग कलकारखाना बन्द अवस्थामा पु¥याइसकेका छन् । कुनै पनि नयाँ राष्ट्रियस्तरका उद्योग कलकारखाना खोलिएका छैनन् । नेपालका खेतीयोग्य जमिनहरु बाँझोमा परिणत भएका छन् । सक्ने जति विदेश गएर बसेका छन् बाँकी रहेकाहरु पार्टीको झण्डा बोकेर झुटको लहलहैमा लागेर समयलाई बर्बाद गर्दैछन् । त्यतिमात्र नभएर विदेशी आइएनजीओले अनुसन्धान गरेर जात, भाषा, धर्मको नाममा रोपिदिएको विउलाई मलजल गर्दै देशमा हत्या, हिंसा, आतंकमा लाग्ने पार्टीहरुले मात्र नेपालको शासन सत्ता, भत्ता अवसर पाउँदै आएका छन् । कहिल्यै पनि निस्वार्थ भावनाले काम गर्ने, युवा, सज्जन, विद्वानहरुले कहिँकतै अवसर पाएका छैनन् । यस्ता कुरितीपूर्ण र जनताततै निराशाको धर्सा बोकेर हिँडिरहेको र एकले अर्कोको विश्वास नगर्ने वातावरण सृजना भएको अवस्थामा नेपालका खेलाडीहले सबै पीडा अप्ठ्यारालाई बैमनस्यतालाई विर्साउने गरी अन्तर्राष्ट्रियस्तरमा विजय हासिल गरेर नेपालीहरुको शिर उच्च सबै नेपाली एकतामा बाँध्ने उल्लेखनीय प्रदर्शन गर्दै आएका छन् ।
त्यो भन्दा ऐतिहासिक विजय हालै सम्पन्न अन्तर्राष्ट्रिय २०–२० क्रिकेट सृंखलामा संयुक्त अरब इमिरेटस्लाई राम्रोसँग हराएर सानदार जित हासिल गर्दा विश्वभरमा छरिएर रहेका नेपालीहरुको छाती खुसीले गद्गद् भएको छ ।
त्यतिमात्र होइन विश्वमा रहेका नेपाल र नेपाली प्रति माया गर्ने विश्वका नेपालका मित्रहरु प्नि खुसी भएका छन् । त्यो खुसीमा नेपालको चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट स्टेडियमले नेपालका क्रिकेट खेलाडीलाई आफ्नो भविष्य सुनिश्चित हुन सक्ने वातावरण पनि बनेको छ ।
नेपालमा क्रिकेट खेल भन्दा अगाडीदेखी फुटबलमा सार्कस्तरीय सफलता पाएको भएपनि बीचमा फुटबलको नतिजा आशामुखी बनेन तर देशभरी फुटबलप्रतिको मोह नेपालीहरुमा भएका कारण अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय खेल फुटबलको सम्भावना पनि त्यत्तिकै रहेको छ । क्रमशः खेलकुदको विकास अध्ययन गरी खेलकुद पर्यटनको विकास गर्दै गौतमबुद्धको जन्मभूमि, सगरमाथाको देश, पशुपतिनाथको तपोभूमि नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याई र जलस्रोतको विकास, कृषिको आधुनिकीकरण गर्न सक्ने सम्भावना छ । यो विभाजित मानसिकतालाई झिकेर खेलाडीले गरेको मेहनत जस्तै सबै नेपालीले आआफ्नो क्षेत्रबाट काम गरी बिकसित नेपाल बनाउन आजैबाट काम गरौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend