logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतीय एजेण्टहरुले कलकत्तामा गरेको अवरोध र त्यसबाट नेपालीको शुद्धी फिर्नुपर्छ


  • जन आकाश
  • मंगलबार, माघ २२ २०७५

नेपाल अन्तर्राष्ट्रिय डब्लुटिओको सदस्य राष्ट्र हो । विश्व व्यापार संगठनको सदस्य भइसकेको राष्ट्रले जुनसुकै तेश्रो राष्ट्रबाट आयात निर्यात गर्न स्वतन्त्ररुपमा पाउने व्यवस्था छ । विश्वको त्यस्तो राष्ट्र छ भारत जो डब्लुटिओको सदस्य भएर पनि छिमेकी राष्ट्रहरुलाई व्यापार गर्नबाट वञ्चित गराउन तल्लिन छ ।
त्यसको पछिल्लो उदाहरण कोलकत्ता बन्दरगाहबाट नेपाल आउने सामानहरु तेश्रो मुलुकबाट आउँदा कलकत्ताको बन्दरगाह क्लियिरिङ एजेन्टहरुले पल्टी गर्छन् र उनीहरुको अनुकुलतामा सामान राखेर त्यहाँ राख्दाको अनावश्यक भाडा असुल्ने काम गर्दै आएका छन् । त्यो भारतीय दादागिरी नीतिको विरुद्धमा नेपाल सरकराले पटक पटक सरकारी तवरबाट पहल गरेपनि सहज वातावरण बन्न सकेको थिएन र अन्तर्राष्ट्रिय व्यापार सन्धी (इसिटीएस) प्रणाली अन्तर्गत नेपाली व्यवसायीहरुको सामान विनाअवरोध नेपालमा आउनुपर्ने नभए नेपालले त्यसको विकल्पमा चीनको बन्दरगाहबाट सामान ल्याउनुपर्ने नेपालका व्यवसायीहरुले सरकारलाई कडा दबाब दिएपछि सोही मुताबिक नेपाल सरकारले पनि भारत सरकारसँग त्यसैगरी प्रस्तुत भएको थियो र उक्त अन्तर्राष्ट्रिय सन्धी कार्यान्वयन गर्न दुबै देशका प्रतिनिधिहरु बसेर अन्तर्राष्ट्रिय व्यापार सन्धी
(इसिटीएस) लागु गर्ने सम्झौता भएको थियो । उक्त सन्धी २०१९ को जनवरीबाट लागु गर्ने भनिएपनि जनवरी १५ बाट मात्रै केही कन्टेनरका सामान (इसिटीएस) प्रणालीबाट नेपालमा प्रवेश गर्न थालेका थिए । भारतीय एजेण्टहरुले विभिन्न बाहना बनाई अन्तर्राष्ट्रिय व्यापार सन्धी विपरित गई नेपाली व्यवसायीहरुको सामानहरुमाथि अवरोध सृजना गरी चरणबद्ध आन्दोलन समेत घोषणा गरेर स्वतन्त्र देश नेपाल र नेपालीहरुको विश्व बजारमा स्वतन्त्र निर्वाध विश्व व्यापार सञ्जालमा जोडिने अधिकार माथि धावा बोलेका छन् । यो स्वाभिमानी सार्वभौम राष्ट्र नेपालका नेपालीहरुका लागि सैह्य विषय होइन । नेपालमा भित्रने विश्व बजारका सामानहरु धेरै जति भारतको कलकत्ता बन्दरगाह हुँदै आउने गरेको छ । त्यस बन्दरगाहमा नेपालका व्यवसायीहरुलाई यसैगरी हजारौं हजार पटक भारतीय एजेण्टहरुले अवरोध सृजना गरेर आजित बनाउँदै आएका छन् । त्यस्ता नैतिकहिन भएका मानवीयता नभएका भारतको बाटो हुँदै नेपालमा ल्याइने सामानलाई चीनसँग पारवहन सन्धी भइसकेको अवस्थामा राष्ट्रियस्तरबाट छिमेकी राष्ट्र चीनसँग छलफल गरेर चीनको बन्दरगाहबाट सामान आयात–निर्यात गर्न ढिलो गर्नु हुँदैन । पटक पटक नेपालमाथि भारतले सरकार ढालेर अस्थिरता मच्याउन निजोतिज रुपमा नै पेट्रोलियम पदार्थको भाउ बढाउने र घटाउने गर्दै आएके छ । अन्तराष्ट्रिय तेलको मूल्य घटबढ भन्दा पनि नेपालको आयल निगमले भारतीय आयल निगमसँग पेट्रोलियम पदार्थ किन्ने भएको हुनाले भारतीय आयल निगमले पेट्रोलियमको मूल्य नियोजित बृद्धि गरी नेपालमा त्यसैको विषयमा विरोध, धर्ना, जुलुस गर्न भारतीय गुप्तचरहरु नेपालमा सक्रिय भएर नेपालमा आफू अनुकुलको सरकार निर्माण पनि गर्दै आएको छ ।
यस्तो जघन्य नेपाल विरोधी अन्तर्राष्ट्रिय स्तरको मानवता विरोधी कार्य गर्ने भारतीय नीति प्रति नेपालीहरुको आँखा खोलिनुपर्छ र सरकारलाई दबाब दिएर चीनबाट पनि अन्तर्राष्ट्रिय नाकाहरु खोलिनुपर्छ र सधैं भारतीय अवरोध सहेर पीडामा तड्पिनु भन्दा वैकल्पिक उपाय निकालेर स्वाभिमानी छाति फराकिलो बनाउनुपर्छ तब मात्र नेपालको समृद्ध नेपाल सुखी नेपाली बन्न बनाउन सकिन्छ । सबैको शुद्धि फिरोस ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend