logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय स्वाधीनताको रक्षा गरौं


  • जन आकाश
  • मंगलबार, माघ २२ २०७५

बलबहादुर नेपाल
राष्ट्रिय एकतामा खलबलाउने कार्यबाट बचाई राख्न र देशको अस्तित्वलाई विग्रीनुबाट जोगाई राख्नु आजको प्रमुख दायित्व र जिम्मेवारबाट पन्छिन नहुने बेला भएको छ ।
देशमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन आम नेपाली जिम्मेवार हुनु आवश्यक छ । हाम्रा पुर्खाले आर्जेको हाम्रो देश नेपाल आफैंमा उज्यालो मुहारले हाँसेको छ । विश्वको अग्लो हिम चुचुरो सगरमाथादेखि प्रकृतिले नेपाल भरिएको छ । नेपाल विभिन्न प्राकृतिक सौन्दर्यले जस्तै ताल, तलैला, हरियो जंगल, झरनाले गर्दा आज विश्वले सगरमाथाको देश नेपाल हो भनेर चिन्ने गरेको देशमा कुनै किसिमको नरमाइलो छैन । सबै रमणीय प्रकृतिले ओगटेको मुलुकमा सभ्य मानव चेतना फैलाई विश्वमा चिनाउनु र पुर्खाको इतिहास जोगाई राख्न आजको साझा कर्तव्य रहेको छ । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माण गरेका हुन् । उनले भनेका छन् यो देश दुई ढुंगाको तरुल हो । आफ्नै संस्कृति आफ्नै मौलिकताले भरिएको कारणले विदेशी संस्कृति फैलिनबाट जोगाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने खालका सन्देश छोडी जानुभयो ।
यसैलाई मुल मन्त्र माथि कुनै किसिमको विकृति विसंगती फैलिनु दिनु हुन्न विदेशी फेशन र संस्कृतिलाई फैलन दिनु हुन्न र आफ्नो मौलिक संस्कृति संरक्षण भएमात्र राष्ट्र बलियो हुन्छ भनेका थिए तर हाम्रो मौलिकता स्वाधिनता लोप हुँदै जाने अवस्थामा छन् । सदैव सजकता अपनाई कुनै यस्ता राजनैतिक खेल हुन दिनु हुन्न यहाँ राजनैतिक खेलबाट विभाजन, फुट, गुटबन्दीले स्थान ओगटेको कारण देशको आफ्नो स्वाभिमान गुम्दै गएको छ । विगत र बर्तमानसम्म आइपुग्दा पनि यी यस्ता अनेकौ खालका खलबल्याउने भुतले तँछाड र मछाँड गर्दै काम गरिराखेको हुनाले नेपाल भन्न पाउँदैन कि भन्ने डर बढेको छ । त्यसकारण सच्चा देशभक्त आम नेपालीहरुले मनन् गरेर राष्ट्रिय एकता कायम गरी नेपालको विकास गर्न जरुरी छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend