logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धनकुटा, हिले वायर हाउसमा ३ करोड १४ लाखको भ्रष्टाचार


  • जन आकाश
  • बिहिबार, फाल्गुन ९ २०७५

धनकुटा, हिलेः
धनकुटा १, हिले स्थित ३ करोड, १४ लाख रुपैँयामा नेपाल सरकार कृषि मन्त्रालयको स्वामित्वमा उन्नती संस्था नामक डेनिस सरकारको लगानीमा निर्मित वायर हाउसमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्धा दर्ता भएको जानकारी प्राप्त भएको छ । वादी नेपाल सरकार प्रतिवादी धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष, हाल एमालेका धनकुटा जिल्ला सदस्य उमेश घिमिरे लगायत वाङद थिङ (तामाङ), लालचन्द« गोङबा समेतका ब्याक्तिहरुलाई अख्तियारले मुद्धा दर्ता गरको हो । हाल वाङद तामाङ र लालचन्द« गोङबा त्यस वडाका एमालेबाट निर्वाचित वडा सदस्य समेत हुन् ।
हाल उक्त वायर हाउस निर्माण पश्चात पनि संचालनमा नआएका कारण सरकारको करोडौँ रुपैँया बालुवामा पानी हालेको जस्तै भईदिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार साँढे २ तले पक्की भवनका स्टिमेट नक्सापास भए पनि त्यस स्थानमा हाराहारी १३ लाखको टिनको टहरा मात्रै निर्माण भएको हो । निगाले वडा नं ९ को कटुवालको किर्ते जग्गाधनी पुर्जा पेश गरि कुमार बहादुर थापाको जग्गामा भवन निर्माण भएको हो । छानबिनकै क्रममा मिडियाले थापासँग सम्पर्क गर्दा जग्गा आफुले नदिएको र त्यस स्थानमा कसले के निर्माण गरेको आफुलाई थाहा नभएको बताउनु भयो । उक्त जग्गा भने हाल उत्तरपानी टि स्टेटको नाममा रहेको छ । वर्षौ अगाडि करिब ११ सय रोपनी जग्गा टि स्टेटको नाममा भए पनि हाल सम्म त्यस जग्गा भने बाँझै रहेको छ । प्राप्त जानकारी अनुसार अनियमिततामा केहि कर्मचारी लगायत ठूला नेताहरुको समेत हात रहेको छ । प्रारम्भिक छानबिन गरि चाँडै नै मुद्धा विशेष अदालतमा दर्ता गरि निज ब्याक्तिहरुको सम्पत्ती शुद्धिकरण गर्ने अख्तियार बताउँछ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend