logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नेपालको भूमिका


  • जन आकाश
  • मंगलबार, फाल्गुन २८ २०७५

आउँदो चैत १५ गते नेपालको राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । त्यस लगानी सम्मेलनमा नेपालले खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुनुपर्छ । ताकी नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सबै प्रकारका तरिकाहरु अपनाउनुपर्छ र नेपालको प्रचुर विकासमा प्रत्यक्ष ती विदेशी लगानी आकर्षित होउन् । हुनत अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्देशय पनि नेपालमा धेरै भन्दा धेरै लगानीकर्ताहरु भित्रिउन् भन्ने उद्देश्यले नेपाल सरकारले सो सम्मेलन आयोजना गर्न लागेको हो ।
यस खालका अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरु विगतमा पनि नभएका होइनन् ती सम्मेलनहरु नेपालले आफ्नो नीति, कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न नसक्दा सोचेको जस्तो प्रगति गर्न सकेको छैन । ती विगतका त्रुटीहरुलाई सच्याएर योजनाहरु सफल पार्न नयाँ तरिका अपनाएर राष्ट्रको विकास गर्न लगानीमैत्री नीति तथा कार्यक्रमहरु सरकारले बनाउनुपर्छ । त्यो सँगसँगै देशको पूर्वाधार निर्माण, नेपालको सांस्कृतिक, प्राकृतिक संरक्षण धार्मिक महत्व बोकेका क्षेत्रहरुको प्रचार विशेष गरेर कृषि, जलविद्युत र पर्यटनको अवधारणा बनाई अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नेपालले विश्वासिलो आधार सहितको योजना पेश गर्नुपर्छ जसले गर्दा लगानी गर्न इच्छुक लगानीकर्ता ढुक्क बन्न सकुन् त्यो खालको भूमिका नेपाल सरकारले निर्वाह गर्नुपर्छ ।
अर्कोतर्फ नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सफल बनाउन सरकारको तर्फबाट त लागिराखेकै देखिन्छ । यो नेपालको खुसीको विषय हो । त्यसैगरी आम नेपालीहरुले पनि यस खालका अन्तर्राष्ट्रिय सम्मेलनहरु देशभित्र हुँदा सबैले चासो राखेर नेपालको प्रतिष्ठासँग जोडिएको विषयमा सबैले सरकारलाई सबै क्षेत्रबाट सल्लाह सुझाव र सहयोग गरी सफल बनाउनुपर्छ यो सबै नेपालीहरुको दायित्व हो ।
हामी नेपालीहरुले शान्त वातावरणमा बुद्धको जन्मभूमि नेपालमा जतिधेरै अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरु आयोजना गर्न सक्छौं त्यतिनै हाम्रा हाम्रो धार्मिक, सांस्कृतिक, मौलिकपनहरु विश्वमा प्रचार प्रसार हुन्छन् र नेपालीहरुको सकारात्मक पक्षहरु विश्वले थाहा पाउँछन् जसबाट नेपाल देशका इमानदार नेपालीले गरेको मेहनतबाट स्वतन्त्र नेपाल कहिल्यै पराधिन नभएको र नेपालबाट धेरैवटा स्वतन्त्र देशले सिक्न सक्छन् त्यो खालको वातावरण बनाई अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफल पार्न हामी सबैको उत्तिकै दायित्व छ सबैले सोचौं ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend