जन आकाश
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघले समाजमा रहेका हरेक दुःखी पिडितहरुलाई सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नु भएको छ । हिजो (मंगलवार) भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामाग्रीहरु उपलब्ध गराउँदै अध्यक्ष सिंहले सहयोगको प्रतिबद्धता जनाउनु भएको हो । विकास निर्माणमा संलग्न निर्माण व्यवसायीहरु यसै समाजका सदस्य रहेकाले समाजका असाहय तथा दुःखी पिडितहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व भएको अध्यक्ष सिंहको भनाइ थियो । महासंघका महासचिव रोशन दाहालले महासंघ सामाजिक काममा निरन्तर लागिपरेको बताउनुभयो । महासंघले समाजलाई काठको दराज १ थान, साइकल १ थान, ग्यास सहित सिलिण्डर २ थान, पानीको जार ३ थान र तन्ना ४० थान उपलब्ध गराएको छ । यही फागुन ११ गते निर्माण व्यवसायी महिला समन्वय समितिको तेस्रो राष्ट्रिय भेलाको अवसरमा समाजलाई १५ हजार नगद आर्थिक सहयोग गर्दै जिन्सी सहयोगको घोषणा समेत गरिएको थियो । सोही घोषणा बमोजिम आज समाजको प्रागंणमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा महासंघको तर्फबाट सह–कोषाध्यक्ष एवम् निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्की, महिला निर्माण व्यवसायीहरु लक्ष्मी बस्नेत कार्की, कमला काफ्ले भट्टराई,गीता शाही, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend