जन आकाश
काठमाण्डौ, चैत्र ११ जापानमा कामदार लैजाने विषयमा नेपाल सरकार र जापान सरकार बिच श्रम सम्झौता भएको छ । नेपालको तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे र जापानका तर्फबाट जापानी राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।
आगामी अप्रिल १ देखि कार्यान्वयन हुने गरि दुई देश बिच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयु) मा हस्ताक्षर भएको हो ।
यसै सम्झौता अनुुसार जापानले नेपालबाट कोरियन मोडेलमै नेपाली कामदारहरु लैजाने भएको छ । जापानले पहिलो ५ वर्षमा ३ लाख ४५ हजार १ सय ५० जना नेपाली कामदारहरु लैजाने भएको हो । जापानले नेपाल लगायत बाँकि ९ वटा देशहरु भियतनाम, चीन, फिलिपिन्स, ईन्डोनेसिया, थाईल्यण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट समेत कामदारहरु लैजाने भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend