जन आकाश
नेपाल क्रेडिट एण्ड कमर्श बैक लि. अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित एन. सी. सी. बैंक अवकाश कोषले देशभर रहेका आप्mना १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९०% सम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
यस कोषले गत २०७५ आषाढ मसान्तसम्मको संचित बचत ९क्गचउगिक० बाट ७०% रकम रु. ३ करोड ६२ लाख ७० हजार रुपैया आप्mना करिव २०० भन्दा बढी संघ सस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३% लाभांश रकम निजहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ ।
उक्त कोषले विगत वर्षहरुमा पनि आप्mनो संचित बचत ९क्गचउगिक० रकमबाट आप्mना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै सबै ब्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रु. १५ हजार सम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend