logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्षत्री समाज नेपालको ३ नं.प्रदेशको अध्यक्षमा सुर्य बहादुर कार्की चयन ।


  • जन आकाश
  • शनिबार, चैत्र १६ २०७५

क्षेत्री समाज नेपालको ३ नं. प्रदेशस्तरीय अधिवेशन आज ललितपुर स्थित बालकूमारी बैङ्कुटमा सम्पन्न भएको छ । आज नै अधिवेशनबाट ३ नं. प्रदेशको अध्यक्षमा सुर्य बहादुर कार्कीलाई चयन गरि कार्कीको नेतृत्वमा ४३ सदस्य समिति गठन गरिएको छ ।
राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि खस क्षत्रीहरुको आजको आवश्यकता मुख्य नाराको उच्चारण गर्दै खस क्षत्री समाजका पूर्व केन्द्रिय सदस्य समेत रहेका दिपेन्द्र विक्रम सिजापतीले कार्यक्रम सञ्चालन गर्नभएको थियो । कार्यक्रम २ सत्रमा विभाजन गरि सञ्चालन गरिएको थियो । पहिलो उद्घाटन सत्रको सभापतित्व क्षत्री समाज नेपालका उपाध्यक्ष योगेन्द्र कार्की रहनुभएको थियो भने प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र के.सी र विशेष अतिथिहरुमा प्रा.डा. धन बहादुर कुवँर, क्षत्री समाज नेपालका सचिव रामेश्वर थापा रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि के.सी.ले सबै क्षत्रीका नाममा खोलीएका संगठनहरु एक हुनको लागि पोखरामा यहि चैत्रको २३ र २४ गते हुन गैरहेको तेस्रो महाधिवेशनमा प्रस्ताव लानु पर्ने सन्देश यस प्रदेश समितिले लैजाओस भनेर प्रदेश समितिलाई आग्रह गर्नुभएको थियो । हामी एक भएनौ भने बलियो हुदैनौ बलियो भएनौ भने केही पनि गर्न सक्दैनौ त्यसकारण हाम्रो संगठन बलियो हुन जरुरी छ भन्नुभयो ।
दोस्रो बन्द सत्रमा ३ नं. प्रदेश भित्र रहेका १३ वटै जिल्लाबाट आएका प्रतिनिधिबाट प्रदेश समिति निर्माण गरिएको थियो । उक्त समिति निर्माण पछि ३ नं. प्रदेश अध्यक्ष बन्नुभएका सुर्य बहादुर कार्कीले आफुलाई देशकै सबैभन्दा धेरै जनसंख्या भएको क्षत्री जातीे संगठनको अध्यक्षमा निर्विरोध निर्वाचित गराउनु हुने सबै सहभागीहरुलाई धन्यवाद दिनुको साथै क्षत्री जातीको हित र अधिकारको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्न तयार भएको बताउनु भएको थियो । क्षत्री समाज नेपालका उपाध्यक्ष योगेन्द्र कार्कीले बन्द सत्रमा प्रमुख अतिथि ग्रहण गर्दै ३ नं. प्रदेश समितिमा चयन भएका नयाँ पदाधिकारीहरुलाई अविर र खादा लगाइदिएर सफत ग्रहण गराउनुभएको थियो ।
क्षत्री समाज नेपाल देशका ७७ वटै जिल्लामा संगठन भएको सबैभन्दा ठुलो सद्भाव सहितको क्षत्री जातीको संगठन हो । यसको यहि चैत्र २३ २४ गते महाधिवेशन हुँदै छ त्यस महाधिवेशनले सक्षम, योग्य, अनुभवी नेतृत्व चयन गरि क्षत्री जातीहरुको हक र अधिकारका निम्ती महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने गरि कार्य गर्ने योजना बनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend