जन आकाश
डिलकुमारि नेपाल ,काठमाडौ १९ ।
आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ। प्रदेश नम्बर ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने भए पछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयले बताएको छ ।
समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने राष्ट्रिय खेलकुद परिषदले जनाकारि दियो । गणतन्त्रको स्थापना पछि राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुदै आएको हो ।सोहि प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने वताइको छ ।
प्रतियोगिताको उद्घाटन र समापन बाँकेको नेपालगञ्ज रंगशालामा हुने भएको छ । प्रतियोगिता खेलहरु चैतको २७ गते सुरु हुने भए पनि औपचारिक उद्घाटन बैशाख ५ गते नै हुनेछ । त्यस्तै प्रतियोगिताको समापन बैशाखको ११ गते हुने सचिवालयले जानकारि दिईएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend