जन आकाश
टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको समन्वयमा हालैमात्र पर्सा जिल्लाको शुखचिना गाउँमा ६५ आँधिप्रभाबित परिवारलाई आधारभुत आवश्यकताका सामानहरु राहतस्वरुप बितरण कार्य सम्पन्न गरिएको छ । उतm आँधिका कारण २७ जना भन्दा धेरैको ज्यान गएको थियो भने हजारौ जना घाईते तथा घरवार बिहिन भएका थिए । यसअघि सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधिप्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा बितरण गरिएको थियो । साथै बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै आँधिप्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन र २ लिटर खाना पकाउने तेल बितरण गरिसकिएको थियो । उतm कार्यक्रम स्थानिय प्रशासन तथा स्थानिय प्रतिनिधिहरुको समन्वयमा सम्पन गरिएको हो ।
टाटा ट्रस्टका बारे जानकारी
टाटा ट्रस्ट विगत १०० वर्ष देखि जीवन्त रहेको तथा भारतको सबैभन्दा पूराना, गैर साम्प्रदायिक परोपकारी संस्थाहरु मध्येको एक संस्था हो । यसको स्थापना काल देखि नै टाटा ट्रस्टले परम्परागत परोपकारी सेवा सम्बन्धि धारणालाई रुपान्तरीत गरी प्रत्यक्ष रुपमा समुदायमा सेवा पु¥याउने खालको समाजसेवी कार्यको थालनी गर्न अग्रणी भूमिका खेलेको
छ । यस ट्रस्टद्वारा अनुदानद्वारा वा प्रत्यक्ष कार्यान्वयन एवं सहभागिताको दृष्टिकोणले स्वास्थ्य तथा सुपोषण, जल तथा सफाई, उर्जा, शिक्षा, ग्रामिक जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापन, सहरी क्षेत्र गरीबी निवारण, नागरिक समाजको परिमार्जन तथा सुशासन, पत्रकारिता, कला, कौशल र संस्कृति तथा विविध रोजगारी आदि विभिन्न क्षेत्रमा अन्वेषण गर्ने कार्यमा सहयोग गर्दै आएको छ ।
सिप्रदीयन सहायता संस्थाबारे जानकारी
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था
हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ । साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend