जन आकाश
टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याकलुब्रिकेन्ट्सको सहकार्य मा यही अप्रिल ११ र १२ मा काठमाण्डौमा“स्किलफेस्ट र टेकफेस्ट २०१९” संचालन गरेको थियो। सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशकादुवै समुहमा ३–३) सहभागी भएका थिए । सेवा सल्लाहकार तर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यसैगरी प्राविधिक वर्गमा नेपालका डेम बहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए । पुरस्कार वितरण कार्यक्रम काठमाडौँ स्थित होटल याक एण्ड यतिमा भएको थियो । दुवै बर्गका पुरस्कार विजेता तीन–तीनजना प्रतियोगीले भारतको पुणेमा हुने विश्व स्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । सार्क स्तरीय प्रतियोगिता हुनुभन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरि तीनजना प्राविधिक सार्क राउण्डमा सहभागी हुन योग्य भएका थिए । त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै बर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो। कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले गरेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend