जन आकाश
काठमाडौं । हिजो काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर चउरमा धस्सिएको छ ।
मन्थलीमा अवतरणका क्रममा जहाजको चक्का विमानस्थलको सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएको थियो ।
तारजालीमा ठोक्किएपछि अनियन्त्रित भएको जहाज रनवे छाडेर चउरमा गएर धस्सिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ । यद्यपि जहाजको चक्कामा भने क्षति पुगेको बताइएको छ । जहाजमा १४ जना यात्रु सवार रहेका जनाइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend