जन आकाश
काठमाडौं । क्षत्री समाज नेपालको घोषणासभा सम्पन्न भएको छ । हिजो बालकुमारी पार्टी प्यालेसमा नव निर्वाचित क्षत्री समाजका अध्यक्ष, वरिष्ठ उपाध्यक्षहरु, महासचिव, सचिवहरु, केन्द्रीय सदस्यहरु, महिला विभाग लगायत सबैलाई कार्यक्रममा प्रमुख अतिथिहरु पूर्व उपप्रधानमन्त्रीहरु कमल थापा र भिम रावलले माला लगाई शुभकामना दिएका थिए । क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन पोखरमा भएको थियो । तेश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई १५ दिनपछि मात्र घोषणासभा गरी औपचारिकता दिएको हो । भने केही वाकी रहेका पदहरुलाइ पनि मनोनित गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend