जन आकाश
काठमाडौं । सुतार कार्की सेवा समितिको छैठौं महाधिवेशन यही वैशाख १३ र १४ गते धनगढीमा हुन गइरहेको छ । उक्त कुरा सुतार कार्की सेवा समिति सचिवालयले जा नकारी दिएको हो । सुतार कार्की सेवा समिति कार्कीहरुको छाता संगठन हो । यो काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा दर्ता गरी सञ्चालित संगठन हो । यस सुतार कार्की सेवा समितिले देश विदेशमा छरिएर रहेका सुतार कार्की समुदायलाई एउटै छातामुनि ल्याउन र सुतारहरुको मौलिक संस्कृति, इतिहास र भविष्य निर्माण साथै जातीय सद्भावपूर्ण समाजको लागि धार्मिक सहिष्णुताको लागि कार्यक्रमहरु गर्दै आएको संगठन हो । अहिले ५४ जिल्लामा संगठन रहेको छ ।
धनगढीमा कतिपय जिल्लाका प्रतिनिधिहरु पुगि सकेको र ५४ जिल्लाबाट धनगढीमा सुतार कार्कीहरु जम्मा भइरहेको सुतार कार्की सेवा समिति धनगढीबाट जानकारी गराइएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend