logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भोलिवाट मदन भण्डारी बास्केटबल प्रतियोगिता हुदै ।


  • जन आकाश
  • बिहिबार, बैशाख १२ २०७६

मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा भोलि वैशाष १३ गतेवाट खुल्ला बास्केटबल प्रतियोगिता हुदैछ । उक्त प्रतियोगितालाइ राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गर्नु हुनेछ । प्रतिस्पर्धाका लागि १६ वटा टिमले प्रतिस्पर्धाको लागि नाम दर्ता गराइ सकेको र प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक कमिटीका सचीव सञ्जय दवाडीले जानकारी दिएका छन् । प्रतिस्पर्धामा भाग लिने टिमहरुको नामवली यस प्रकार रहेको छ । १ प्राइम कलेज २ पब्लिकयुथ कलेज ३ पिपुल्स कलेज ४ अस्कल क्यामस क ५ अस्कल क्याम्पस ख ६ त्रिचन्द्र क्याम्पस ७ शंकरदेब क्याम्पस ८ टाइम्स क्यामस ९ गोल्डेनगेट क्याम्पस १० ह्वाइटहाउस क्याम्पस ११।जेभियर्स इ।क्याम्पस १२।ग्रीनफिल्ड क्याम्पस १३ न्याथम क्यापस क १४ न्याथम क्याम्पस ख १५।काठमाडौ बिश्वविद्यालय १६।पोखरा बिश्वविद्यालय रहेका छ्न । प्रतियोगिता दुइ चरणमा प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको हो । पहिलो चरणमा लिग र दोस्रो चरणमा नकआउट गरी प्रतिस्पर्धा गराइने र प्रथम, दोस्रो, तेस्रो र उत्कृष्ट खेलाडीहरुलाइ बैशाष १९ गते भब्य समारोहका वीच पुरुस्कार वितरण र समापन गरिने दुवाडीले जानकारी दिएका हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend