logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सभाका अध्यक्षद्धारा बास्केटबल उदघाटन ।


  • जन आकाश
  • शुक्रबार, बैशाख १३ २०७६

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगीता आजवाट शुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आज अस्कल क्याम्पसमा उद्घाटन गर्नु भएको छ । भने कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ ,महासचिव वचन देउजा सचिवद्वय ॐ प्रसाईं,सीता लामा अनेरास्ववियुको केन्द्रीय महासचिव ऐन महर लगायत अन्य नेताहरुको सहभागीता रहेको थियो।कार्यक्रमको अध्यक्षता नारायण घर्तीले गर्नु भएको थियो भने कार्यक्रमलाइ संञ्चालन र्गदै संजय दुवाडीले उत्कृष्ट प्रस्तुत गरेका थिए ।
उद्घाटन खेलमा पोखरा बिश्वविद्यालय र अमृत साइन्स क्याम्पस बिच रोमान्चक खेल भएको थियोे।दोस्रो खेलमा हिमालयन ह्वाइटहाउस कलेज र जेभियर्स इ कलेज बिच भएको थियोे भने उक्त खेल जेभियर्स इ कलेमा जेभियर्स इ कलेज बिजयी भएको थियो भने तेस्रो खेल टाइम्स इ कलेज र त्रिचन्द्र कलेज बिच भएको थियोे उक्त खेलमा टाइम्स इ कलेज बिजयी भएको छ। खेल पहिलो चरणको लिग र दोस्रो चरण खेल नकाउट हुनेछ ,खेल १९ गते सम्म चल्ने आयोजकले जनाएको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend