logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शंकरदेबले बाजी मारयो


  • जन आकाश
  • बिहिबार, बैशाख १९ २०७६

साता ब्यापी सन्चालन भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शकरदेवले वाजी मारेको छ । आज भएको फाइनल खेलमा शकरदेवले जेभिएर कलेजलाइ हराउदै उपाधि कब्जा गरेको हो । निक्कै प्रतिस्पर्धा भएको खेलमा अन्तत जेभियर्स कलेजले उपबिजेतामै चितm बुझाउन बाध्य भएको छ । दुबै टिम बीच कडा प्रतिस्पर्धात्मक खेलमा शंकरदेब कलेजले ६१अंक ल्यायर बिजेता बन्न सफल भयो भने जेभियर्स ५५अंक ल्यायर उपबिजेतामा चितm बुझाएको हो ।बिजेता र उपबिजेतालाई अस्कल क्याम्पसमा भब्य कार्यक्रम वीच पुस्कार बितरण तथा सम्मान गरिएको थियो।बिजेतालाइ रु १११०००नगद पुरस्कार सहित सबै खेलाडी,टिम म्यानेजरलाइ मेड्ल प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो भने उपबिजेतालाइ रु५५५०० नगद सबै खेलाडी ,टिम म्यानेजरलाइ मेडल प्रमाणपत्र प्रदान गरिएको थियोे भने सबै अफिसियल टिम रेफ्री स्पोन्सरहरु,स्वयंसेवकहरुलाइ प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको कुरा आयोजक कमिटीको सचीव एबं कार्यक्रम संचालक सन्जय दुवाडिले जानकारी दिएका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend