logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समसामयिक भाडादर लागु गर्नुपर्छ त्रिचन्द थापामगर ।


  • जन आकाश
  • शनिबार, बैशाख २८ २०७६

 



मोहन कार्की

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारसँग वैज्ञानिक भाडाखदर अनुसार समसामयिक भाडा कायम गार्न माग गरेको छ । हिजो बुद्धनगर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी अबैैधानिक रुपमा संञ्चालन भएका टुटल र पठाऔ वन्द गर्न समेत ब्यबसायीले माग गरे । हामी ब्यवसायी चै वैधानिक ढगवाट गाडी दर्ता गरेर काम गरिरहेका छौ । न त हाम्रो सामाजिक सुरक्षा छ नत लगानीको ग्यारेण्टी छ । यस्तो अवस्थावाट पनि हामिले सेवा दिइरहेको अवस्थामा अवैधानिक ढगवाट वाइकमा समेत यात्रु ओसार्न थालिसके हामी ट्याक्सी व्यवसायी लाखौ रुपैया तिरेर सरकारलाइ कर बुझाएर परमिट लिएर पैशा डुवाउन र घाम ताप्त मात्र वसेका हौ र ? व्यवसायीहरुको प्रश्न थियो ।
उनिहरुले सामाजिक सुरक्षा प्रदान गर्न माग पनि गरे । ट्राफीकले ट्याक्सीका ग्रहकलाइ ओराल्ने चढाउने क्रममा अनाआवश्क चिट काटेर लाइसन लिइ दुख दिने गरेको तर पाकिङको व्यवस्था सवै ठाउमा नभएको हुनाले यस्ता समस्या आएको र प्र¥याप्त पाकिङस्थल निर्माण गर्न जोडदार माग गरेका थिए । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्दीय सदस्यसमेत रहेका त्रिचन्द« थापामगरले www.janaakash.com सँग कुरा गदै ट्याक्सी व्यवसायीका जायज माग हुदाहुदै पनि सम्वन्धित निकाय गम्भिर नभएको भन्दै सम्वन्धित निकायलाइ गम्भिर हुन आग्रह गरेका छन् । त्यसै कार्यक्रममा भेटिएका उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज पशुपति क्षेत्र इकाइका सह सचिव गोमन जर्कामगर, उपाध्यक्ष कृष्ण बस्नेत, सदस्य देव बाहादुर मगर लगायतले ट्याक्सी व्यवसायीमा कुनै कुनै एका दुइले गरेको गल्तीलाइ देखाएर सवै गरिखाने ट्याक्सी व्यवसायीहरुलाइ एउटै आखाले हेर्नु हुदैना इमानदार ट्याक्सी व्यवसायीहरु धेरै छन् । हामी माथि वेलावेलामा विभिन्न लान्छना लगाइ ठगको विल्ला समेत भिडाउने गरिएको छ । ट्राफीक प्रहरीले गर्ने व्यवहार मानव मैत्री छैन ा त्यस्तो व्यवहार नगरियोस भनि अनुरोध पनि गरेका छन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालका सेवा समाज गएको २०७५ मा विधिवत दर्ता भइ संञ्चालन भएको संस्था हो । यस संस्थामा झण्डै सात हजार भन्दा बढी सदस्यहरु ऋावद्ध रहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्दीय सदस्य त्रिचन्द थापामगरले वताएका छन् । पत्रकार सम्मेलन मार्फत उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी व्यवसायीका मागलाइ सरकारले व्यवास्ता गरे चरणवद्ध आन्दोलनमा जाने समेत जानकारी गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend