logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रोयल पेन्ट्सको सौराहामा डिलर मिटमा पशुपति नाचे मनोजले हसाए, बम्पर उपहार सुनिल शाहलाई प्रदान ।


  • जन आकाश
  • आइतबार, बैशाख २९ २०७६

 



चितवन । रोयल पेन्ट्स प्रा.लि.को ग्राहक उपहार योजना अन्तर्गत बम्पर उपहार ३५० सिसिको बुलेट बाईक विर्तामोडको सत्य नारायण हाडवेयरका ग्राहक सुनिल शाहले जितेका छन् ।

रंङ उत्पादनको क्षेत्रमाम छोटो समयमा नै लोकप्रिय बन्न सफल रोयल पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ३५० सिसिको बुलेट बाईक शाहले जितेका हुन् ।

यस्तै योजना अन्र्तगत दोश्रो पुरस्कार होण्डाको स्कुटर मोरङ्ग विराटचोकको नानोकन ईन्टरप्राईजेजका ग्राहक नरेन्द्र भूर्तेलले पाए ।

तेस्रो पुरस्कार ३२ ईन्चको सामसङ्ग एलईडी टिभि ३ जनाले प्राप्त गरे ।

सौर्य ईन्टरप्राईजेज वेशीशहरका ग्राहक सुकल चौधरी, एबि सप्लार्यस बुटबलका ग्राहक वीरेन्द्र पौडेल र न्यौपाने हाडवेयर चितवन फूर्तीचोकका ग्राहक सुर्दशन लम्सालले यो पुरस्कार प्राप्त गरेको रोयल पेन्ट्सका निर्देशक कृष्ण भण्डारीले जानकारी दिए ।

यस्तै ६ जनालाई ६ वटा सामसङ्ग जेसेभेन मोबाईल, १० जनालाई १० वटा जेटु सामसङ्ग मोबाईल र २० जनालाई २० वटा राईस कुकर उपहार पाएका थिए ।

सोही अवसरमा बर्षभरी रोयल पेन्ट्सको विक्री लक्ष्य पुरा गर्ने पेन्ट्सका विक्री केन्द्रलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो । यस अन्तर्गत प्लाटिनियम अवार्ड धरानको श्रीशक्ति ईन्टरप्राईजेजले पायो भने डायमण्ड अवार्ड ११ जनालाई, गोल्डेन अवार्डबाट १२ जनालाई, सिलभर अवार्डबाट ११ जनालाई सम्मानितसँगै पुरस्कृत गरिएको थियो ।

ग्राहकवर्गहरुको माग अनुसार २०७५ साल साउनदेखि चैत मसान्तसम्म कम्पनीले रोयल पेन्ट्स ग्राहकवर्गका लागि यो योजना ल्याएको थियो ।

स्वेदेशमा नै रङ उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित चितवनमा सन् २०१० देखि रोयल पेन्ट्सले आफ्नो सेवा दिदै आएको छ ।

रोयलले घाम, पानीबाट केही नहुने ७, ५ वर्षे ग्यारेन्टीको पेन्ट्स विक्री वितरण गर्दै आएको पेन्ट्सका अध्यक्ष परमेश्वर भण्डारीले बताए ।

रोयल पेन्ट्सले नेपालभरी आफ्नो २०० सय बढी विक्रेतालाई सौराहामा नै बोलाएर डिलर मिट गरेको हो । हाल कम्पनीले ६० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ ।

कम्पनीका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न डिलर मिट कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारी प्रमुख अतिथि रहेका थिए । भने उवासंघ चितवनका निर्वतमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा नै चर्चीत हास्य कालाकार मनोज गजुरेल, लोक दोहोरी गायक पशुपति शर्मा र युवा गायक महेन्द्रराज बरालले सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend