logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

जनता बैकले ग¥यो सामाजिक क्षेत्रमा सहयोग ।


  • जन आकाश
  • मंगलबार, बैशाख ३१ २०७६

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल, चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।
यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गरको वैकले विज्ञप्तिमा जनाएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend